default_image

2 years ago

July 19, 2023

पाकिस्तानमाथि भारतको सानदार जित

342 views

0 Bookmark

एजेन्सी – युवा ओपनर साई सुदर्शनको शतकमा भारत ए ले एसिसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए माथि ८ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै भारत समूह बी को विजेता र पाकिस्तान उप–विजेताको रुपमा सेमिफाइनल खेल्नेछन् ।

जितको लागि २ सय ६ रनको विजयी लक्ष्य पछ्याएको भारतले ३६.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा साई सुदर्शनले १ सय १० बलमा १० चौका र ३ छक्कासहित १ सय ४ रनको सानदार अविजित शतकीय इनिङ खेले ।

निकिन जोन्सले ६४ बलमा ७ चौकासहित ५३, अभिषेक शर्मा २० र यश धुलले २१ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४८ ओभरमा २ सय ५ रनमा अल आउट भएको थियो । पाकिस्तानका कसिम अक्रमले ६३ बलमा ५ चौकासहित ४८, मुबसिर खान २८, मेहरान २५, हसिबउल्लाह खान २७ र शहिबाजादा फहरान ३५ रनमा आउट भए ।

भारतका युवा तीव्र गतिका बलर राजवर्धन हगंगेकारले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए । मानव सुथारले तीन र रियान पराग र निशान्त सिन्धुले समान एक विकेट लिए ।

भारतले सेमिफाइनल खेलमा बंगलादेश तथा पाकिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल खेल शुक्रबार र फाइनल आइतबार हुनेछ ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.