default_image

2 years ago

July 19, 2023

पाकिस्तानमाथि भारतको सानदार जित

345 views

0 Bookmark

एजेन्सी – युवा ओपनर साई सुदर्शनको शतकमा भारत ए ले एसिसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए माथि ८ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै भारत समूह बी को विजेता र पाकिस्तान उप–विजेताको रुपमा सेमिफाइनल खेल्नेछन् ।

जितको लागि २ सय ६ रनको विजयी लक्ष्य पछ्याएको भारतले ३६.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा साई सुदर्शनले १ सय १० बलमा १० चौका र ३ छक्कासहित १ सय ४ रनको सानदार अविजित शतकीय इनिङ खेले ।

निकिन जोन्सले ६४ बलमा ७ चौकासहित ५३, अभिषेक शर्मा २० र यश धुलले २१ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४८ ओभरमा २ सय ५ रनमा अल आउट भएको थियो । पाकिस्तानका कसिम अक्रमले ६३ बलमा ५ चौकासहित ४८, मुबसिर खान २८, मेहरान २५, हसिबउल्लाह खान २७ र शहिबाजादा फहरान ३५ रनमा आउट भए ।

भारतका युवा तीव्र गतिका बलर राजवर्धन हगंगेकारले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए । मानव सुथारले तीन र रियान पराग र निशान्त सिन्धुले समान एक विकेट लिए ।

भारतले सेमिफाइनल खेलमा बंगलादेश तथा पाकिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल खेल शुक्रबार र फाइनल आइतबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.