2 years ago
July 20, 2023
एजेन्सी – मध्यक्रमका ब्याटर साउद शकिलको दोहोरो शतकको सहयोगमा पाकिस्तानले पहिलो टेस्ट खेलमा घरेलु टोली श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पाकिस्तानले अन्तिम दिन पहिलो सेसनमा ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा इमाम उल हक ८४ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा नट आउट रहे । अघा सलमानले आफूले सामना गरेको पहिलो बलमै छक्का हान्दै खेल सकाए ।
ओपनर अब्दुल्लाह शफिक ८, शन मसुद ७, बाबर आमज २४ र साउद सकिल ३० रनमा आउट भए । श्रीलंकाका स्पिनर प्रभाथ जयसूर्याले सर्वाधिक ४ विकेट लिएपनि जितको लागि पर्याप्त हुन सकेन ।
त्यसअघि दोस्रो इनिङमा श्रीलंका २ सय ७९ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा १ सय ४९ रनले पछि परेको हुदा समग्रमा १ सय ३१ रनको लक्ष्य दिन पुगेको थियो । श्रीलंकाका धनन्जय डि सिल्भाले १ सय १८ बलमा १० चौका र २ छक्कासहित ८२ रनको योगदान दिए ।
निशान मदुशाका ५२, दिमुथ करुणारत्ने २०, कुशल मेन्डिस १८, दीनेश चान्डिमल २८ र रमेश मेन्डिसले ४२ रन बनाए । पाकिस्तानका दुई स्पिनर अब्रार अहमद र नौमान अलीले समान तीन विकेट लिए । शाहिन शाह अफ्रिदी र अघा सलमानले समान दुई विकेट लिए ।
पाकिस्तान पहिलो इनिङमा ४ सय ६१ रनमा अल आउट भएको थियो । समग्रमा पाकिस्तानले पहिलो इनिङमा १ सय ४९ रनको बलियो अग्रता लिएको थियो ।

पाकिस्तानको जितमा साउद सकिल ३ सय ६१ बलमा १९ चौकासहित २ सय ८ रनको दोहोरो शतकीय इनिङ खेले । उनको यो पहिलो दोहोरो शतक थियो । साउद सकिल श्रीलंकामा दोहोरो शतक हान्ने पहिलो पाकिस्तानी ब्याटर थिए । अघा समान १ सय १३ बलमा ९ चौका र १ छक्कासहित ८३ रनमा आउट भए ।
छैटौं विकेटका लागि अघा सलमान र साउद सकिलले १ सय ७७ रनको शतकीय साझेदारी गरेका थिए । नवौं विकेटका लागि साउद सकिलले नसिम शाहसँग ९४ रनको साझेदारी गरे । उक्त साझेदारीमा नसिम शाहले ७८ बलमा ६ रन जोडेका थिए ।
ओपनर अब्दुल्लाह शफिक १९, इमाम उल हक १, शन मकसुद ३९, बाबर आजम १३, शरफराज अहमद १७ र नौमान अली २५ रनमा आउट भए । श्रीलंकाका स्पिनर रमेश मेन्डिसले पाँच र प्रवथ जयसूर्याले तीन विकेट लिए ।
त्यसअघि श्रीलंका पहिलो इनिङमा दोस्रो दिन पहिलो सेसनमा ३ सय १२ रनमा अल आउट भएको थियो । श्रीलंका धनन्जय डि सल्भाले २ सय १४ बलमा १२ चैका र ३ छक्कासहित सार्वाधिक १ सय २२ रनको सानदार शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । शाहिन शाह अफ्रिदी र नशिम शाह अब्रार अहमदले समान तीन विकेट लिए । दोस्रो टेस्ट सोमबार देखी सुरु हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]