2 years ago
July 20, 2023
एजेन्सी – आइसिसी विश्वकप लिग–२ र क्वालिफायर प्लेअफमा खराब प्रदर्शनको कारण ओडिआई मान्यता गुमाएको पपुवा न्युगिनीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्ने उच्च सम्भावना छ ।

पपुवा न्युगिनीले इस्ट एसिया पासिफिक विश्वकप टि२० छनोट आयोजना गर्दैछ । शनिबार देखी सुरु हुने (२२ जुलाई देखी २९) सम्म हुने प्रतियोगितामा चार टोली मात्रै छन् ।
प्रतियोगितामा आयोजक पपुवा न्युगिनी, जापान, फिलिपिन्स र भानुआटु छन् । पपुवा न्युगिनी बाहेक अन्य तीन टोली तुलनात्मक रुपमा निकै कमजोर मानिन्छन् ।
अर्कोतर्फ घरेलु मैदान पनि हुदा पपुवा न्युगिनीले विश्वकप खेल्ने उच्च सम्भावना देखिन्छ । चार टोलीले डबल राउन्ड रोविनमा एक अर्कासँग खेल्नेछन् । हरेक टोलीसँग समान दुई खेलपछि शीर्षस्थानमा रहने टोलीले आगमी वर्ष हुने विश्वकप खेल्न पाउनेछ । पपुवा न्युगिनी प्रमुख दाबेदार हो ।
पपुवा न्युगिनीले २०२१ मा पहिलो पटक टि२० विश्वकपमा डेब्यू गरेकोे थियो । २०२२ मा भने टि२० विश्वकपमा स्थान बनाउन सकेको थिएन । २०२४ देखी टि२० विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यसैको कारण पपुवा न्युगिनीको क्षेत्रको छनोटमा चार टोली मात्रै परेका हुन् ।

पपुवा न्युगिनीले २०१९ देखी २०२३ सम्म चलेको आइसिसी विश्वकप लिग-२ मा ३६ खेलमा ५ मा जित र ३० मा हारका साथ ११ अंकका साथ सात टोली सहभागी प्रतियोगितामा पुछारमा रहेर क्वालिफायर खेलेको थियो ।
आइसिसी विश्वकप प्लेअफ क्वालिफायरमा पाँचै खेलमा हारका साथ ओडिआई मान्यता गुमाएको थियो । टोनी उरा, चाल्स अमिनी, नर्मन भानुवा र असाद भाला जस्ता स्टार खेलाडी हुँदा विश्वकप सहज देखिन्छ ।
त्यस्तै आजदेखी स्कटल्यान्डमा युरोप टि२० विश्वकप छनोट सुरु हुँदैछ । २८ जुलाई सम्म चल्ने प्रतियोगितामा आयोजक स्कटल्यान्ड, अष्ट्रिया, डेनमार्क, जमर्नी, आयरल्यान्ड, इटाली र जर्सी छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपमा पुग्नेछन् ।
आयरल्यान्ड र स्कटल्यान्ड युरोप टि२० विश्वकप छनोटको प्रमुख दाबेदार हुन् । नेपालले भने एसिया क्षेत्र छनोट खेल्नेछ । नेपालमा यसै वर्ष अन्तिममा हुने एसिया विश्वकप छनोटबाट दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]