default_image

2 years ago

July 20, 2023

पपुवा न्युगिनीले विश्वकप खेल्ने उच्च सम्भावना

596 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप लिग–२ र क्वालिफायर प्लेअफमा खराब प्रदर्शनको कारण ओडिआई मान्यता गुमाएको पपुवा न्युगिनीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्ने उच्च सम्भावना छ ।

पपुवा न्युगिनीले इस्ट एसिया पासिफिक विश्वकप टि२० छनोट आयोजना गर्दैछ । शनिबार देखी सुरु हुने (२२ जुलाई देखी २९) सम्म हुने प्रतियोगितामा चार टोली मात्रै छन् ।

प्रतियोगितामा आयोजक पपुवा न्युगिनी, जापान, फिलिपिन्स र भानुआटु छन् । पपुवा न्युगिनी बाहेक अन्य तीन टोली तुलनात्मक रुपमा निकै कमजोर मानिन्छन् ।

अर्कोतर्फ घरेलु मैदान पनि हुदा पपुवा न्युगिनीले विश्वकप खेल्ने उच्च सम्भावना देखिन्छ । चार टोलीले डबल राउन्ड रोविनमा एक अर्कासँग खेल्नेछन् । हरेक टोलीसँग समान दुई खेलपछि शीर्षस्थानमा रहने टोलीले आगमी वर्ष हुने विश्वकप खेल्न पाउनेछ । पपुवा न्युगिनी प्रमुख दाबेदार हो ।

पपुवा न्युगिनीले २०२१ मा पहिलो पटक टि२० विश्वकपमा डेब्यू गरेकोे थियो । २०२२ मा भने टि२० विश्वकपमा स्थान बनाउन सकेको थिएन । २०२४ देखी टि२० विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यसैको कारण पपुवा न्युगिनीको क्षेत्रको छनोटमा चार टोली मात्रै परेका हुन् ।

पपुवा न्युगिनीले २०१९ देखी २०२३ सम्म चलेको आइसिसी विश्वकप लिग-२ मा ३६ खेलमा ५ मा जित र ३० मा हारका साथ ११ अंकका साथ सात टोली सहभागी प्रतियोगितामा पुछारमा रहेर क्वालिफायर खेलेको थियो ।

आइसिसी विश्वकप प्लेअफ क्वालिफायरमा पाँचै खेलमा हारका साथ ओडिआई मान्यता गुमाएको थियो । टोनी उरा, चाल्स अमिनी, नर्मन भानुवा र असाद भाला जस्ता स्टार खेलाडी हुँदा विश्वकप सहज देखिन्छ ।

त्यस्तै आजदेखी स्कटल्यान्डमा युरोप टि२० विश्वकप छनोट सुरु हुँदैछ । २८ जुलाई सम्म चल्ने प्रतियोगितामा आयोजक स्कटल्यान्ड, अष्ट्रिया, डेनमार्क, जमर्नी, आयरल्यान्ड, इटाली र जर्सी छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपमा पुग्नेछन् ।

आयरल्यान्ड र स्कटल्यान्ड युरोप टि२० विश्वकप छनोटको प्रमुख दाबेदार हुन् । नेपालले भने एसिया क्षेत्र छनोट खेल्नेछ । नेपालमा यसै वर्ष अन्तिममा हुने एसिया विश्वकप छनोटबाट दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.