2 years ago
July 20, 2023
एजेन्सी – टेस्ट टोली आयरल्यान्डले आइसिसी टि२० विश्वकप युरोप छनोटको पहिलो खेलमा इटालीमाथि ७ रनको कठिन जित हात पारेको छ । जितको लागि १ सय ५९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको इटालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो ।

ग्यारेथ बर्ग र जियान पिएरो मीडले सर्वाधिक २६ रन बनाए । आयरल्यान्डका मार्क आदिरले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । जोश लिटिल र बेन ह्वाइटले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । आयरल्यान्डका कर्टिस क्याम्फरले ३९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए । ह्यारी टेक्टरले ३१ बलमा ३ चौका र २ छक्कासहित ४१, एन्डी बालबर्नी २६ र जर्ज डोकरेलले १२ रन बनाए ।
इटालीका ग्यारेथ बेर्ग र ह्यारी म्यानेन्टीले समान तीन विकेट लिए । अर्को खेलमा जर्सीले अष्ट्रियामाथि ८ विकेटको सानदार जित हात पार्यो । स्कटल्यान्डले जमर्नीसँग खेलि राखेको छ ।
युरोप क्वालिफायरमा जर्सी, आयरल्यान्ड, इटाली, अष्ट्रिया, डेनमार्क, जमर्नी र स्कटल्यान्ड छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोली २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]