default_image

2 years ago

July 21, 2023

एसिया कप खेल्ने नेपाल आठौं टोली

369 views

0 Bookmark

एजेन्सी – नेपाल एसिया कप खेल्ने आठौं टोली बन्ने भएको छ । एकदिवसीय एसिया कप २०२३ आगमी अगष्ट र सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामा हुँदैछ । नेपालले गत वैशाखमा एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो ।

एसिया कपमा डेब्यू गर्ने नेपाल आठौं टोली बन्ने भएको छ । भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएईपछि एसिया कप खेल्ने नेपाल आठौं टोली बन्नेछ । एसोसिएट टोलीमा नेपाल हङकङ र युएईपछि तेस्रो टोली बन्नेछ ।

एसियन क्रिकेट काउन्सिल एसिसीले आफ्ना टोलीलाई विश्वकप अघि तयारीको लागि एसिया कप आयोजना गर्दछ । एसिया कप एकदिवसीय वा टि२० भने विश्वकपमा भरपर्ने गर्दछ । यस पटक आगमी अक्टोबर नोभेम्बरमा भारतमा एकदिवसीय विश्वकप हुँदैछ ।

त्यसैले एसिया कप पनि एकदिवसीय हुन लागेको हो । विश्वका पावर हाउससँग एक एसोसिएट टोलीलाई समेत खेल्ने अवसर दिन्छ । युएईले २००४, २००८ र २०१६ मा एसिया कप खेलेको थियो । हङकङले २००४, २००८, २०१८ र २०२२ मा एसिया कप खेलेको थियो ।

एसिया कपको उपाधि हालसम्म भारत, पाकिस्तान र श्रीलंकाले जितेका छन् । भारतले १९८४, १९८८, १९९०÷९१, १९९५, २०१०, २०१६ र २०१८ गरि ७ पटक एसिया कपको उपाधि जितेको छ ।

श्रीलंकाले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ को संस्करण गरि ६ पटक उपाधि जितेकोछ । पाकिस्तानले २००० र २०१२ मा उपाधि जितेको थियो । बंगलादेश २०१२, २०१६ र २०१८ को फाइनलमा पुगेर हार्न पुगेको थियो । अफगानिस्तानले सुपर फोरसम्म मात्रै स्थान बनाउन सकेको छ ।

नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४ ) मा हुनेछ ।

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा ६ सेप्टेम्बर देखी १५ सम्म हुनेछन् । सुपर फोरको एक खेल मात्रै पाकिस्तानमा हुनेछ । अन्य सबै श्रीलंकामा हुनेछन् ।

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.