default_image

2 years ago

July 21, 2023

बंगलादेशलाई हराउँदै भारत फाइनलमा

207 views

0 Bookmark

एजेन्सी – स्पिनर निशान्त सिन्धुको घातक बलिङमा भारतले एसिसी इमर्जिङ टिम्स एसिया कपको दोस्रो सेमिफाइनल खेलमा सानदार पूनरागमनका साथ बंगलादेशलाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले उपाधिको लागि पाकिस्तानसँग आइतबार खेल्नेछ ।

जितको लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ३४.२ ओभरमा १ सय ६० रनमा अल आउट भयो । बंगलादेशका ओपनर तान्जिद हसनले ५६ बलमा ८ चौकासहित सर्वाधिक ५१ रन बनाए । त्यस्तै अर्का ओपनर मोहम्मद नइमले ४० बलमा ६ चौकासहित ३८ रन जोडे ।

बंगलादेशलाई पहिलो विकेटका लागि मोहम्मद नइम र तान्जिद हसनले १२.४ ओभरमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । एक समय बंगलादेश १७.२ ओभरमा ९४-१ को अवस्थामा थियो । तर त्यसपछि लगातार विकेट गुमाउँदै पराजित हुन पुगेको हो । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका निशान्त सिन्धुले ८ ओभरमा २० रन खर्चेर ५ विकेट लिए । मानव सुथारले ८.२ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । अभिषेश शर्माले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ४९.१ ओभरमा २ सय ११ रनमा अल आउट भयो । भारतका कप्तान यश धुलले ८५ बलमा ६ चौकासहित सर्वाधिक ६६ रनको योगदान दिए ।

अभिषेक शर्मा ६३ बलमा २ चौका र १ छक्कासहित ३४, साई सुदर्शन २१, निकिन जोन्स १७ र मानव सुथार २१ रनमा आउट भए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बंगलादेशका मेहेदी हसन, तान्जिम हसन सकिब र रकिबुल हसनले समान दुई विकेट लिए ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.