default_image

2 years ago

July 21, 2023

बंगलादेशलाई हराउँदै भारत फाइनलमा

209 views

0 Bookmark

एजेन्सी – स्पिनर निशान्त सिन्धुको घातक बलिङमा भारतले एसिसी इमर्जिङ टिम्स एसिया कपको दोस्रो सेमिफाइनल खेलमा सानदार पूनरागमनका साथ बंगलादेशलाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले उपाधिको लागि पाकिस्तानसँग आइतबार खेल्नेछ ।

जितको लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ३४.२ ओभरमा १ सय ६० रनमा अल आउट भयो । बंगलादेशका ओपनर तान्जिद हसनले ५६ बलमा ८ चौकासहित सर्वाधिक ५१ रन बनाए । त्यस्तै अर्का ओपनर मोहम्मद नइमले ४० बलमा ६ चौकासहित ३८ रन जोडे ।

बंगलादेशलाई पहिलो विकेटका लागि मोहम्मद नइम र तान्जिद हसनले १२.४ ओभरमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । एक समय बंगलादेश १७.२ ओभरमा ९४-१ को अवस्थामा थियो । तर त्यसपछि लगातार विकेट गुमाउँदै पराजित हुन पुगेको हो । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका निशान्त सिन्धुले ८ ओभरमा २० रन खर्चेर ५ विकेट लिए । मानव सुथारले ८.२ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । अभिषेश शर्माले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ४९.१ ओभरमा २ सय ११ रनमा अल आउट भयो । भारतका कप्तान यश धुलले ८५ बलमा ६ चौकासहित सर्वाधिक ६६ रनको योगदान दिए ।

अभिषेक शर्मा ६३ बलमा २ चौका र १ छक्कासहित ३४, साई सुदर्शन २१, निकिन जोन्स १७ र मानव सुथार २१ रनमा आउट भए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बंगलादेशका मेहेदी हसन, तान्जिम हसन सकिब र रकिबुल हसनले समान दुई विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.