2 years ago
July 22, 2023
एजेन्सी – विश्वको प्रतिष्ठित एशेज सिरिजको चौथो खेलमा साविक विजेता अष्ट्रेलियालाई इंग्ल्यान्डविरुद्ध इनिङ अन्तरको हारको डर बढेको छ । तेस्रो दिनको खेल सकिदा अष्ट्रेलिया दोस्रो इनिङमा ११३-४ को अवस्थामा छ । अष्ट्रेलिया अझै १ सय ६२ रनले पछि परेको छ ।

इंग्ल्यान्डले सानदार ब्याटिङका साथ विशाल योगफल बनाउँदै पहिलो इनिङमा २ सय ७५ रनको बलियो अग्रता लिएको थियो ।अष्ट्रेलियाका मार्नस लाबुसेन ८८ बलमा ६ चौकासहित ४४ र मिचेल मार्श १ रनमा क्रिजमा छन् ।
ओपनर उस्मान खवाजा १८, डेविड वार्नर २८ र स्टिभ स्मिथ १७ रनमा आउट भए । इंग्ल्यान्डका मार्क वुडले सर्वाधिक तीन विकेट लिएका छन् ।
तेस्रो दिन इंग्ल्यान्ड पहिलो इनिङमा ५ सय ९२ रनमा अल आउट भयो । इंग्ल्यान्डका ओपनर ज्याक क्रली १ सय ८२ बलमा २१ चौका र ३ छक्कासहित १ सय ८९ रनमा बोल्ड आउट भए । टेस्ट करिअरको यो उनको चौथो शतक हो ।
इंग्ल्यान्डको विष्फोटक शैलीलाई निरन्तरता दिँदै सानदार ब्याटिङ गरेका ज्याक क्रली दोहोरो शतक बनाउन चुकेका थिए । उनी क्यामरन ग्रनीको बलमा बोल्ड आउट भए ।
त्यस्तै जो रुट ९५ बलमा ८ चौका र १ छक्कासहित ८४, बेन डकेट १ र मोईन अली ५४ रनमा आउट भए । तेस्रो दिन जोनी बेयरस्टो ८१ बलमा १० चौका र ४ छक्कासहित ९९ रनमा नट आउट रहे । ह्यारी ब्रुक ६१ र बेन स्टोक्स ५१ रनमा आउट हुन पुगे ।

तेस्रो विकेटका लागि ज्याक क्रली र जो रुटले २ सय ६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । अष्ट्रेलियाका जोश हेजलवुडले सर्वाधिक पाँच विकेट लिए । मिचेल स्टार्क र क्यामरन ग्रीनले समान दुई विकेट लिए ।
त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा ३ सय १७ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका मार्नस लाबुसेन र मिचेल मार्शले समान ५१ रन बनाए ।
ओपनर डेविड वार्नरर ३२, उस्मान खवाजा ३, स्टिभ स्मिथ ४१, ट्रविस हेड ४८, क्यामरन ग्रीन १६ र एलेक्स केरी २० रनमा आउट भए । मिचेल स्टार्क ९३ बलमा ६ चौकासहित ३६ रनमा अविजित रहे ।
इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक ५ विकेट लिए । स्टुअर्ट ब्रोडले दुई, जिमी एन्डरसन, मार्क वुड र मोईन अलीले समान एक विकेट लिए । पाँच टेस्ट खेलको सिरिजमा अष्ट्रेलिया २–१ ले अघि छ ।
अष्ट्रेलिया पहिलो र दोस्रो खेलमा २ विकेट र ४३ रनले विजयी भएको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड ३ विकेटले विजयी भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]