default_image

2 years ago

July 22, 2023

अष्ट्रेलियालाई इनिङ अन्तरको हारको डर

240 views

0 Bookmark

एजेन्सी – विश्वको प्रतिष्ठित एशेज सिरिजको चौथो खेलमा साविक विजेता अष्ट्रेलियालाई इंग्ल्यान्डविरुद्ध इनिङ अन्तरको हारको डर बढेको छ । तेस्रो दिनको खेल सकिदा अष्ट्रेलिया दोस्रो इनिङमा ११३-४ को अवस्थामा छ । अष्ट्रेलिया अझै १ सय ६२ रनले पछि परेको छ ।

इंग्ल्यान्डले सानदार ब्याटिङका साथ विशाल योगफल बनाउँदै पहिलो इनिङमा २ सय ७५ रनको बलियो अग्रता लिएको थियो ।अष्ट्रेलियाका मार्नस लाबुसेन ८८ बलमा ६ चौकासहित ४४ र मिचेल मार्श १ रनमा क्रिजमा छन् ।

ओपनर उस्मान खवाजा १८, डेविड वार्नर २८ र स्टिभ स्मिथ १७ रनमा आउट भए । इंग्ल्यान्डका मार्क वुडले सर्वाधिक तीन विकेट लिएका छन् ।

तेस्रो दिन इंग्ल्यान्ड पहिलो इनिङमा ५ सय ९२ रनमा अल आउट भयो । इंग्ल्यान्डका ओपनर ज्याक क्रली १ सय ८२ बलमा २१ चौका र ३ छक्कासहित १ सय ८९ रनमा बोल्ड आउट भए । टेस्ट करिअरको यो उनको चौथो शतक हो ।

इंग्ल्यान्डको विष्फोटक शैलीलाई निरन्तरता दिँदै सानदार ब्याटिङ गरेका ज्याक क्रली दोहोरो शतक बनाउन चुकेका थिए । उनी क्यामरन ग्रनीको बलमा बोल्ड आउट भए ।

त्यस्तै जो रुट ९५ बलमा ८ चौका र १ छक्कासहित ८४, बेन डकेट १ र मोईन अली ५४ रनमा आउट भए । तेस्रो दिन जोनी बेयरस्टो ८१ बलमा १० चौका र ४ छक्कासहित ९९ रनमा नट आउट रहे । ह्यारी ब्रुक ६१ र बेन स्टोक्स ५१ रनमा आउट हुन पुगे ।

तेस्रो विकेटका लागि ज्याक क्रली र जो रुटले २ सय ६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । अष्ट्रेलियाका जोश हेजलवुडले सर्वाधिक पाँच विकेट लिए । मिचेल स्टार्क र क्यामरन ग्रीनले समान दुई विकेट लिए ।

त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा ३ सय १७ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका मार्नस लाबुसेन र मिचेल मार्शले समान ५१ रन बनाए ।

ओपनर डेविड वार्नरर ३२, उस्मान खवाजा ३, स्टिभ स्मिथ ४१, ट्रविस हेड ४८, क्यामरन ग्रीन १६ र एलेक्स केरी २० रनमा आउट भए । मिचेल स्टार्क ९३ बलमा ६ चौकासहित ३६ रनमा अविजित रहे ।

इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक ५ विकेट लिए । स्टुअर्ट ब्रोडले दुई, जिमी एन्डरसन, मार्क वुड र मोईन अलीले समान एक विकेट लिए । पाँच टेस्ट खेलको सिरिजमा अष्ट्रेलिया २–१ ले अघि छ ।

अष्ट्रेलिया पहिलो र दोस्रो खेलमा २ विकेट र ४३ रनले विजयी भएको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड ३ विकेटले विजयी भएको थियो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.