default_image

2 years ago

July 23, 2023

क्रिस गेलको टोलीविरुद्ध खेल्दै दीपेन्द्र

417 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडामा आज मिसिसौगा प्यान्थर्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ८ ः ४५ मा क्यानडाको ब्राम्पटनमा सुरु हुनेछ ।

दीपेन्द्रले पहिलो खेलमा सर्रे जागुअर्सविरुद्ध २२ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाएका थिए । पहिलो खेलमा राम्रो प्रदर्शन गरेको हुँदा दीपेन्द्रलाई टोलीले निरन्तरता दिने देखिन्छ ।

मिसिसौगा प्यान्थसमा वेस्टइन्डिजका आक्रामक ब्याटर क्रिस गेल, पाकिस्तानका आक्रामक युवा ब्याटर आजम खान, अनुभवी अलराउन्डर सोएब मलिक, न्युजिल्यान्डका स्टार अलराउन्डर जेम्स निसम र नेदरल्यान्ड्सका टम कुपर जस्ता खेलाडी छन् ।

दीपेन्द्रको टोलीमा कार्लोस ब्रेथवेट, आयन खान, अष्ट्रेलियाका क्रिस लिन, वेस्टइन्डिजका आन्द्रे रसेल र बंगलादेशका सकिब अल हसन जस्ता खेलाडी टोलीमा छन् ।

उता सन्दीप सम्मिलित सर्रेले आज मध्यराती १: १५ मा ब्राम्पटन वल्भ्ससँग खेल्नेछ । ब्राम्पटनमा विश्वकप छनोटमा सानदार प्रदर्शन गर्ने लोगन भान बिक, म्याक्स उडाउड, न्युजिल्यान्डका मार्क च्यापम्यान, कोलिन डि ग्रान्डहोम र भारतीय स्पिनर हरभजन सिंह जस्ता खेलाडी छन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.