default_image

2 years ago

July 29, 2023

भारत र पाकिस्तानविरुद्ध खेल्नुअघि नेपालले सुधार्नुपर्ने पाँच कमजोरी

569 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को महिना विश्व क्रिकेटका दुई शक्तिशाली देश भारत र पाकिस्तानसँग खेल्दैछ । एसिया कपमा भारत र पाकिस्तानसँग भेट नेपालको लागि विश्वकप भन्दा कम हुने छैन । भारत र पाकिस्तान नेपालले आफ्नो क्रिकेट इतिहासमा खेल्ने सबैभन्दा माथिल्लो स्तरका टोली हुनेछन् ।

एसिया कपमा नेपालले दुई फरक देशमा गएर खेल्नुपर्ने हुन्छ । नेपालले पहिलो खेल अगष्ट ३० मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भारतविरुद्ध श्रीलंकाको क्यान्डीमा ४ अगष्टमा खेल्नेछ ।

भारत र पाकिस्तानसँगको खेल नेपालको लागि सिक्ने सबैभन्दा ठूलो अवसर हुन् । स्तरको हिसाबमा नेपालको लागि जितको सम्भावना कल्पना बाहिर हुनेछ । यी दुई देशविरुद्ध सिकाई र आफ्नो क्रिकेट विश्वलाई देखाउने पहिलो प्राथमिकतामा हुनेछ ।

नेपाल आफ्नो उत्कृष्ट क्रिकेट विश्वलाई देखाउन चाहन्छ । विश्वका दुई पावर हाउससँग खेल्ने हुँदा भारत र पाकिस्तानसँग नेपालको प्रदर्शन धेरैले हेर्ने छन् ।

यी दुई देशविरुद्ध राम्रो प्रदर्शन गर्न सके नेपाली खेलाडीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) देखी विश्वका चर्चित लिगहरु खेल्ने अवसरका ढोकाहरु खुल्न सक्छन् ।

नेपालले आफ्नो उत्कृष्ट क्रिकेट देखाउन भने कमजोरीहरुमा धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ । पछिल्लो एक महिनामा नेपालले आइसिसी विश्वकप छनोट र एसिसी इमर्जिङ कप खेलेको छ ।

यी दुई प्रतियोगिताबाट नेपालको कमजोरी थप प्रष्ट भएको छ । कमजोरी सुधार नगरे भारत र पाकिस्तानसँग संघर्ष गर्ने अनुमान गर्न कठिन छैन ।

नेपालले आफ्नो कमजोरीमा सुधार गर्न आवश्यक देखिन्छ । उक्त खेल खेल्न एक महिना भन्दा बढी समय समय छ । त्यसैले नेपालले आफ्नो कमजोरीहरुमा राम्रोसँग काम गर्न सक्छ । नेपालले यी पाँच कमजोरी सुधार गरेको खण्डमा भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्न सक्छ ।

५. आफू भन्दा बलिया टोलीसँग तयारी

नेपालको तयारी सधैं कमजोर हुने गर्दछ । नेपालले प्रतियोगिता अघि राम्रो टोलीसँग बिरलै अभ्यास खेल खेल्ने गर्दछ । त्यसले गर्दा नतिजामा सुधार हुन पाउँदैन । आफ्नो स्तरको टोलीलाई हराउन भन्दा बलिया टोलीसँग हार्नु धेरै सिक्ने आधारहरु हुन्छन् । राम्रो टोलीविरुद्ध खेलेपछि मनोबल पनि फरक पार्छ ।

नेपालले एसिया कप अघि बंगलादेश, अफगानिस्तान, श्रीलंका जस्ता देशसँग अभ्यास खेल खेल्नुपर्छ । जसले गर्दा भारत र पाकिस्तानविरुद्ध खेलाडीविरुद्ध मानसिक रुपमा दोदारमा पर्नु पर्दैन । खेलाडीहरु उच्च मनोबलका साथ मैदान उत्रर्न सक्छन् ।

क्रिकेटमा मनोबलले प्रदर्शन सधैं फरक पार्छ । उच्च मनोबल बिना कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सक्दैन । ठूला टोलीसँग अभ्यास गर्दा उनीहरुसँग खेल्न सकिन्छ भन्ने मनोबल हुन्छ ।

तर क्यानले हालसम्म श्रीलंकाको स्थानीय टोलीसँग चार अभ्यास खेल खेल्ने जनाएको छ । स्थानीय टोली भन्दा पनि सिनियर टोलीसँग उक्त खेल खेल्ने वातावरण मिलाउन सके नेपालले राम्रो गर्न सक्छ ।

४. डेथ ओभर बलिङमा सुधार

डेथ ओभर बलिङ नेपाली क्रिकेटमा समस्या कुनै नौलो होईन । नेपालका प्रमुख तीन बलर सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने यी तीन बलरको डेथ ओभर अर्थात ४० देखि ५० ओभर सम्म बलिङमा राम्रो प्रदर्शन हुन सकेको छैन ।

त्यसको फाइदा उठाउँदै आइसिसी विश्वकप लिग–२ मा स्कटल्यान्डका माइकल लिस्क र युएईका आसिफ खानले टियु मैदानमा विष्फोटक शतक प्रहार गरेका थिए । नेपालले डेथ ओभरमा लगातार रन खर्चदै आएको छ।

पाकिस्तान र भारत दुबैमा विश्वस्तरिय फिनिसर छन् । राम्रो सुरुवात पाउँदा स्टार ब्याटर झनै हाबी हुन सक्छन् । पाकिस्तानमा फखार जमान, बाबर आजम, मोहम्मद रिजवान, आसिफ खान, इफ्तिखार अहमद जस्ता ब्याटर छन् । भारतमा रोहित शर्मा, विराट कोहली, लोकेश राहुल, हार्दिक पान्ड्या, सन्जु स्यामसन र सूर्यकुमार यादव लगायतका ब्याटर छन् ।

यी सबै ठूलो इनिङ खेल्ने गर्दछन् । अन्तिम १० ओभरमा नेपालको कमजोर बलिङको झन् धेरै फाइदा उठाउन सक्छन् । नेपाली बलरले स्वींग र बाउन्समा पनि ध्यान दिनुपर्ने हुन्छ ।

३. १ सय ५० माथिको गतिमा अभ्यास

एसिया कपमा नेपाली ब्याटरलाई पाकिस्तान र भारतका बलरको गती खेल्न नै धेरै कठिन हुने देखिन्छ । पाकिस्तानको तीव्र गतिको आक्रामण वर्तमान समयमा विश्व क्रिकेटकै एक उत्कृष्ट पर्दछ । शाहिन अफ्रिदी, हरिस रौफ, नसिम शाह र इहशानउल्लाह प्रमुख बलर हुन् ।

हरिस रौफ १ सय ५५ प्रतिघण्टाको गतिमा गर्दछन् । उनी योर्करका लागि माहिर छन् । अफ्रिदी लगातार १ सय ५० प्रतिघण्टाको गतिमा गर्न सक्छन् । उता भारतीय मोहम्मद शामी, भुवनेश्वर कुमार र मोहम्मद शिराजको गति खेल्नुपर्ने हुन्छ ।

नेपाली ब्याटरलाई १ सय ४० को गति नै खेल्न कठिन पर्दै आएको छ । पाकिस्तानी सबै बलर १ सय ५० प्रति घण्टामा लगातार गर्न सक्छन् । उक्त गतीमा चाल पाउन सक्छन् वा सक्दैनन् त्यो अझ हेर्न लायक हुनेछ । त्यसको लागि नेपालले पहिला उक्त गतिमा लगातार अभ्यास गर्नुपर्ने हुन्छ । अन्यथा सिधैं खेलेको खण्डमा नेपाली ब्याटर निरिह बन्न सक्छन् ।

अर्कोतर्फ नेपाली ब्याटरको लागि बायाँ हाते तीव्र गतिका बलर र स्पिनर दुबै हाबी हुँदै आएका छन् । नेपालले आफू भन्दा कमजोर टोलीविरुद्ध पनि बायाँ हाते बलिङमा निकै संघर्ष गर्दै आएको छ ।

एसिसी प्रिमियर कपमा कतारसँग १ सय ५७ रनमा अल आउट हुनुको मुख्य कारण त्यो एउटा थियो । पाकिस्तानका बायाँ हाते तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी नेपाली ब्याटरलाई घातक बन्न सक्छन् ।

२.बाउन्सर, स्वींग र सर्ट बलमा मिहिनेत

नेपालको कमजोरी विश्वकप छनोट र एसिसी प्रिमियर कपमा स्पष्ट देखिएको छ । बाउन्सर, सर्ट र स्वींग सामु नेपाली ब्याटर निरिह नै बनेका छन् । पाकिस्तानका बलरसँग गति मात्रै होईन बाउन्सर, योर्कर र स्वींग सबै छ ।

पाकिस्तानी बलर गति मात्रै होईन स्वींग र बाउन्सर बलको लागि त्यतिनै माहिर छन् । भारतमा मोहम्मद शिराज, मोहम्मद शामी र भुवनेश्वर कुमारको स्वींग र गतिको सामना गर्नुपर्ने हुन्छ ।

भारत र पाकिस्तान दुबै टोलीका बलर स्वींग र बाउन्सरको लागि चर्चित छन् । नेपालको कमजोरी नै स्वींग र सर्ट बल रहेको थियो । नेपालले विश्वस्तरिय बलरको स्वींगको पनि सामना गरेको छैन ।

त्यसैले नेपाली ब्याटरको लागि धेरै चुनौती हुने देखिन्छ । नेपालले सर्ट, स्वींग र बाउन्सर बलमा लगातार तयारी गर्न आवश्यक देखिन्छ । अन्यथा एसिया कपमा नेपालले यसैको कारण लज्जास्पद ब्याटिङ गर्न सक्छ ।

१. क्रिजमा ब्याटरको धैर्यताको आवश्यकता

ब्याटिङ नेपालको सदावहार समस्या हो । टियु क्रिकेट मैदान बाहिर नेपालले विरलै ब्याटिङमा राम्रो प्रदर्शन गर्ने गर्दछ । नेपालका प्रमुख ब्याटर सुरुवाती १० ओभर बिताउन संघर्ष गर्दै आएका छन् ।

नेपालले पावर प्लेमै ५-६ विकेट गुमाउँदै दयनीय अवस्थामा पुग्दै आएको छ । इमर्जिङ कपमा नेपाल भारतको २३ वर्षमुनीको टोलीमा सुरुवाती १० ओभरमा ३७-५ को दयनीय अवस्थामा थियो । पाकिस्तानको यू२३ टोलीविरुद्ध नेपाल १० ओभरमा ३९-६ को अवस्थामा थियो ।

विश्वकप छनोटमा युएई विरुद्ध नेपाल २०.५ ओभरमा ६३–६ को अवस्थामा पुगेको थियो । नेदरल्यान्ड्ससँग १ सय ६७ रनमा अल आउट भएको थियो ।

नेपाली ब्याटरले क्रिजमा धैर्यता देखाउन सक्नुपर्छ । यदि नेपालले पाकिस्तान र भारतसँग पुरै ५० ओभर खेल्ने क्षमता राख्छ भने त्यो आफैंमा एक उपलब्धि हुनेछ ।

प्रमुख ब्याटर मध्य एकले ठूलो इनिङ खेल्नुपर्छ । बाउन्ड्री भन्दा पनि डबल सिंगलमा राम्रो ध्यान दिनुपर्छ । कमजोर बललाई चौका र छक्का प्रहार गर्ने जोखिम लिनुपर्छ । अन्यथा डबल सिंगलमै रन बनाउन सक्नुपर्छ । अभ्यासमा खेलमा लगातार राम्रो ब्याटिङका साथ उच्च मनोबलका साथ एसिया कप खेल्न जानुपर्ने हुन्छ ।

July 15, 2025

एसपिएलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – सातौं मेयर कप सप्तरी प्राइड लिग (एसपिएल) को सेमिफाइनल समीकरण पूरा भएको छ। सप्तरीको राजविराजमा जारी एसपिएलको मंगलवारको नतिजापछि सेमिफाइनल समीकरण पूरा भएको छ। आजको खेल जित्दै कन्चनरुप राइनोज समूह ‘ए’ को तथा खडक वारियर्स समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा पुगेका हुन्। पबी स्कुलमा भएको पहिलो खेलमा हनुमाननगर हिरोजलाई […]

July 15, 2025

दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई हरायो

एजेन्सी – दक्षिण अफ्रिकाले घरेलु टोली जिम्बाब्वेलाई त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा पराजित गरेको छ । जिम्बाब्वेको हारारे स्पोर्टस क्लबमा सोमवार भएको खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भयो । सिरिजमा न्युजिल्याण्ड पनि सहभागी छ । १ सय ४२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको […]

July 15, 2025

टेस्ट सिरिजमा अस्ट्रेलियाको क्लिन स्विप

एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ३ टेस्टको सिरिजमा क्लिन स्विप गरेको छ । तेस्रो टेस्ट मंगलवार सहजै जितेपछि अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । २ सय ४ रनको लक्ष्य पछ्याएको घरेलु टोली मात्र २७ रनमा अल आउट भयो । जस्टिन ग्रेभ्स सर्वाधिक ११ रनमा आउट भए । ७ ब्याटर रनको खाता नखोल्दै […]

Success

Thank you for your time.