default_image

11 months ago

July 23, 2023

वर्षाले साथ दिएपछि अष्ट्रेलियाद्धारा एसेज ट्रफी रक्षा

93 views

0 Bookmark

एजेन्सी – बर्षाले साथ दिएपछि अष्ट्रेलियाले विश्व चर्चित द एसेज ट्रफी एक खेल अगावै रक्षा गरेको छ । इंग्ल्यान्डसँगको चौथो टेस्ट खेल वर्षाको कारण पाँचौ दिन हुन नसकेपछि खेल बराबरीमा सकिँदा पाँच खेलको सिरिजमा अष्ट्रेलियाले २-१ को अग्रता लिँदै एसेज ट्रफी रक्षा गरेको छ ।

सहज हारको मुखमा पुगेको अष्ट्रेलियालाई वर्षाले साथ दिएपछि खेल बराबरीमा सकिन पुग्यो । तेस्रो दिनको खेल सकिदा अष्ट्रेलिया दोस्रो इनिङमा ११३-४ को अवस्थामा थियो । पहिलो इनिङमै अष्ट्रेलिया २ सय ७५ रनले पछि परेको थियो ।

तर चौथो दिन वर्षाको कारण अन्तिम सेसन मात्रै हुन सक्यो । पाँचौं दिन एकपनि बल हुन सकेन । त्यसैको कारण खेल बराबरीमा सकियो । यस खेल अघिनै अष्ट्रेलिया २-१ ले अघि थियो । त्यसैले अष्ट्रेलियाको जितमा बर्षा नायक बनेको हो ।

इंग्ल्यान्डलाई भने वर्षा भिलेन बन्न पुगेको छ । अष्ट्रेलियाको लागि दोस्रो इनिङमा मार्नस लाबुसेनले १ सय ७३ बलमा १० चौका र २ छक्कासहित १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए ।

ओपनर उस्मान खवाजा १८, डेविड वार्नर २८ र स्टिभ स्मिथ १७ रनमा आउट भए । इंग्ल्यान्डका मार्क वुडले सर्वाधिक तीन विकेट लिए ।

तेस्रो दिन इंग्ल्यान्ड पहिलो इनिङमा ५ सय ९२ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका ओपनर ज्याक क्रली १ सय ८२ बलमा २१ चौका र ३ छक्कासहित १ सय ८९ रनमा बोल्ड आउट भए । टेस्ट करिअरको यो उनको चौथो शतक थियो । तर वर्षाले गर्दा जित पर्याप्त हुन सकेन ।

त्यस्तै जो रुट ९५ बलमा ८ चौका र १ छक्कासहित ८४, बेन डकेट १ र मोईन अली ५४ रनमा आउट भए । तेस्रो दिन जोनी बेयरस्टो ८१ बलमा १० चौका र ४ छक्कासहित ९९ रनमा नट आउट रहे । ह्यारी ब्रुक ६१ र बेन स्टोक्स ५१ रनमा आउट हुन पुगे । मिचेल स्टार्क र क्यामरन ग्रीनले समान दुई विकेट लिए ।

त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा ३ सय १७ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका मार्नस लाबुसेन र मिचेल मार्शले समान ५१ रन बनाए ।

ओपनर डेविड वार्नरर ३२, उस्मान खवाजा ३, स्टिभ स्मिथ ४१, ट्रविस हेड ४८, क्यामरन ग्रीन १६ र एलेक्स केरी २० रनमा आउट भए । मिचेल स्टार्क ९३ बलमा ६ चौकासहित ३६ रनमा अविजित रहे ।

इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक ५ विकेट लिए । स्टुअर्ट ब्रोडले दुई, जिमी एन्डरसन, मार्क वुड र मोईन अलीले समान एक विकेट लिए । पाँच टेस्ट खेलको सिरिजमा अष्ट्रेलिया २–१ ले अघि छ ।

अष्ट्रेलिया पहिलो र दोस्रो खेलमा २ विकेट र ४३ रनले विजयी भएको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड ३ विकेटले विजयी भएको थियो । पाँचौं तथा अन्तिम खेल २७ जुलाई देखी द ओभलमा सुरुहुनेछ ।

June 14, 2024

सन्दीपसहित नेपाली क्रिकेट टोलीले अभ्यास गर्यो

प्रकाश तिमल्सिना, सेन्ट भिन्सेन्ट आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको‌ आफ्ना अन्तिम २ का लागि बिहीबार सेन्ट भिन्सेन्ट आइपुगेको नेपाली टोली स्पिनर सन्दीप लामिछाने सहित अभ्यास गरेको छ। दक्षिण अफ्रिकासँग शुक्रबार स्थानीय समय अनुसार साँझ ७:३० बजे (नेपाली समय अनुसार शनिबार बिहान ५:१५ बजे) खेल‌ हुने मैदान आर्नस भेलमा बिहीबार साँझ ६:१५ बजेबाट अभ्यास सुरु […]

June 14, 2024

नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्ट आइपुग्यो

सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद)- आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको‌ आफ्ना अन्तिम २ का लागि बिहीबार स्थानिय समय अनुसार दिउँसो ३:३० बजे सेन्ट भिन्सेन्ट आइपुगेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको‌ फ्लोरिडाको खराब मौसमका कारण बुधबार रोकिएको थियो।फ्लोरिडाबाट नेपाली‌ टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट आउने तालिका रहेपनि लगातारको वर्षाका कारण उडान रद्द भएको थियो। लगातारको‌‌ […]

June 14, 2024

बंगलादेशको नेदरल्याण्ड्सविरुद्ध जित

एजेन्सी – आईसिसी टि-२० विश्वकपमा नेपाल रहेको समूह डी मा बंगलादेशले नेदरल्याण्ड्स माथि जित दर्ता गरेको छ । बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ मात्र बनाउन सक्यो । राम्रो सुरुवात गरेको नेदरल्याण्ड्स जिततर्फ उन्मुख रहेको थियो । तर १५औं […]

Success

Thank you for your time.