2 years ago
July 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडामा मिसिसौगा प्यान्थर्सलाई ७ विकेटले हराएको छ । टाइगर्सको यो लगातार दोस्रो जित हो ।

जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्स १५.५ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो । कप्तान क्रिस लिनले ४५ बलमा ९ चौका र १ छक्कासहित ६४, सकिब अल हसन २४ बलमा ५ चौका र २ छक्कासहित ३६ र शेर्फान रदरफोर्ड २७ रनमा आउट भए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको प्यान्थर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनायो । उसका लागि जेम्स निशमले ३५ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५४ रन बनाए । तर दीपेन्द्रलाई भने यस खेलमा बेन्चमा राखेको थियो ।
दीपेन्द्रले पहिलो खेलमा सर्रे जागुअर्सविरुद्ध २२ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाएका थिए । टोलीका लागि सर्वाधिक रन बनाएका दीपेन्द्रलाई टाइगर्सले बेन्चमा राख्ने निर्णय लिएको थियो । दीपेन्द्रलाई बेन्चमा राख्दा म्याथ्यु स्पोर्सलाई मौका दिएको थियो ।
उता सन्दीप लाममिछाने सम्मिलित सर्रे र ब्राम्पटन वल्भ्सबीचको खेल बर्षाको कारण हुन सकेन । सर्रे जागुएर्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको थियो । तर ब्राम्पटन ७.२ ओभरमा ५०-३ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।
सन्दीप लामिछाने आफ्नो पहिलो ओभर लिएर आएका थिए । सुरुवाती दुई बलमा तीन रन खर्चेका थिए । तर वर्षाले आफ्नो पुरै ओभर भने गर्न पाएनन् । सन्दीप सम्मिलित सर्रेले अव भोली साँझ त्रिनाडो नेशनलसँग खेल्नेछ । दीपेन्द्र सम्मिलित टाइगर्सले भोली राती १ : १५ मा भ्यानकुभर नाइट्ससँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]