default_image

2 years ago

July 24, 2023

नेपालविरुद्ध उत्कृष्ट बलिङ गर्ने निशान्त इमर्जिङ कपको सर्वोत्कृष्ट

385 views

0 Bookmark

एजेन्सी – एसिसी इमर्जिङ एसिया कपमा नेपालविरुद्ध घातक बलिङ गरेका भारतीय स्पिनर निशान्त सिन्धु प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

भारत ए फाइनलमा पाकिस्तान ए सँग १ सय २८ रनले पराजित भएपनि उनी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले प्रतियोगितामा ११ विकेट लिएका थिए ।

समूह चरणमा नेपाललाई १ सय ६७ रनमा अल आउट गर्न निशान्त सिन्धुले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए । उनले रोहित पौडेल, गुलशन झा, पवन सरार्फ र ललितनारायण राजवंशीलाई आउट गरेका थिए ।

सेमिफाइनल खेलमा बंगलादेशविरुद्ध सानदार पूनरागमन जित दिलाउन सिन्धुले ८ ओभरमा २० रन खर्चेर ५ विकेट लिएका थिए । पाकिस्तानसँग फाइनल र समूह चरणमा समान एक विकेट लिएका थिए । युएईविरुद्ध विकेट विहीन बनेका थिए ।

जितको लागि ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अल आउट भएको थियो । भारतका ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिएका थिए ।

त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो । पाकिस्तानलाई च्याम्पियन बनाउन तयाब ताहिरले ७१ बलमा १२ चौका र ४ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

पाकिस्तानले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि २०१९ को फाइनलमा बंगलादेशलाई ७७ रनले हराउँदै उपाधि जितेको थियो । भारत भने २०१३ पछि उपाधि विहीन छ ।

भारतले पहिलो संस्करणको फाइनलमा पाकिस्तानलाई ९ विकेटले हराउँदै उपाधि जितेको थियो । २०१८ को फाइनलमा भारत श्रीलंकासँग ३ रनले पराजित भएको थियो । २०१७ र २०१९ को संस्करणमा भने फाइनलमा पुग्न सकेको थिएन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.