2 years ago
July 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले विकेटकिपर विनोद भण्डारी, युवा तीव्र गतिका बलर कमलसिंह ऐरी र अलराउन्डर विवेक यादवलाई अभ्यासको लागि भारत पठाउने तयारी गरेको छ ।

नेपाली क्रिकेट टोली हाल आगमी महिना हुने एसिया कपको लागि विशेष प्रशिक्षणमा श्रीलंकामा छ । इमर्जिङ कप खेल्न गएको नेपाल उतै बसेर प्रशिक्षण गरेको छ । वर्षाको कारण नेपालमा सम्भव नभएपछि टोली उतै बसेर विशेष प्रशिक्षण गरेको हो ।
नेपाली टोलीको विशेष प्रशिक्षणको लागि अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी र आसिफ शेख श्रीलंका जानेछन् । करण, ज्ञानेन्द्र र आरिफ इमर्जिङ कपमा टोलीमा थिएनन् । आसिफ भने इमर्जिङ कप खेल्न श्रीलंका गए पनि राहदानी (पासपोर्ट) को म्याद थप्न नेपाल आएका थिए ।
नेपालले आगमी अक्टोबर पहिलो साता घरेलु मैदान टियु र मुलपानीमा आइसिसी विश्वकप टि२० एसिया छनोट आयोजना गर्दैछ । नेपालले चीनमा हुने १९ औं एसियाली खेलकुदमा सेप्टेम्बर अक्टोबरमा क्रिकेटमा सहभागी जनाउनेछ ।
नेपालले टि२० विश्वकप छनोटलाई ध्यानमा राख्दै विकेटकिपर विनोद भण्डारी, कमलसिंह ऐरी र विवेक यादव लगायतका खेलाडीलाई भारतमा अभ्यास गर्न पठाउने तयारी गरेको क्यानले जनाएको छ ।

‘भारतमा विनोद, कमल, विवेक लगायत खेलाडीलाई पठाउने कुरा भएकोछ । भारतमा कुन कुन खेलाडी पठाउने पक्का भएको छैन । हामी तयारी गरेका छौं । नेपालमा वर्षाको कारण अहिले तयारी हुन सक्दैन । टि२० को लागि पनि तयारी गर्नुपर्यो’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले हाम्रो खेलकुदसँग भने ।
भारतको कुन एकेडेमीमा पठाउने त्यो पक्का नभएको पाठक बताउँछन् । ‘भारतमा अभ्यासको लागि चार पाँच जनालाई पहिलो चरणमा पठाउने तयारी गरेका छौं । दोस्रो चरणमा पनि पठाउँछौं । बेंगलोर र मुम्बईको एकेडेमी हेरेका छौं । दुई तीन वटा राम्रो एकेडेमीसँग कुरा भई राखेको छ । अव एक हप्ताभीत्र भारत पठाउने तयारी गरेका छौं । यहाँ राखेर काम छैन । जहाँ पायो त्यहिँ एकेडेमीमा पठाएर भएन’, पाठकले हाम्रो खेलकुदसँग भने ।
नेपालका दुई प्रमुख खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी ग्लोबल टि२० खेल्न क्यानडा गएका छन् । ग्लोबल टि२० क्यानडा फाइनल ६ अगष्टमा सकिनेछ । लिगको अन्तिम खेल दीपेन्द्र सम्मिलित मोन्टरिएल टाइगर्सले अगष्ट १ र सन्दीप सम्मिलित सर्रे जागुअर्सले अगष्ट २ मा खेल्नेछ ।
लिगमा टोलीको प्रदर्शनले नेपाली क्रिकेटसँग कहिले जोडिने पक्का हुनेछ । यी दुबै टोली प्लेअफ हुँदै फाइनल खेलेको खण्डमा भने ६ अगष्ट पछि मात्रै टोलीमा जोडिनेछन् ।

दुई साता अघि नेपाली क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका गएको थियो । करण र ज्ञानेन्द्रलाई विश्राम दिने निर्णय लिएको थियो । आरिफले भने पारिवारिक कारण देखाउँदै नखेल्ने जनाएपछि पवन सरार्फले खेलेका थिए ।
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए विरुद्ध ९ र पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको नेपाल समूह बी बाटै बाहिरिएको थियो । नेपाली टोली श्रीलंकामै बसेर विशेष प्रशिक्षण गरेको छ ।
नेपालले श्रीलंकामा रहँदा चार अभ्यास खेल खेल्नेछ । नेपालले अभ्यास खेल स्थानीय टोली श्रीलंका डेभलपमेन्टसँग खेल्नेछ । श्रीलंका क्रिकेट बोर्डको समन्वयमा खेल्न लागेको हुँदा स्तरिय खेलाडी पाउने क्यानले बताएकोछ । त्यसपछि क्रिकेट टोली नेपाल आउनेछ । पाकिस्तान एसिया कप खेल्न जानेछ ।
नेपालले र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४) मा हुनेछ ।

नेपालले र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४) मा हुनेछ ।
इमर्जिङ कप खेल्न श्रीलंका गएको नेपाली क्रिकेट टोली :
कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।
नेपालबाट श्रीलंका जाने तीन खेलाडी : ज्ञानेन्द्र मल्ल, आरिफ शेख र करण केसी
भारत पठाउने तयारी : विनोद भण्डारी, कमलसिंह ऐरी, विवेक यादव र एक वा दुई खेलाडी (पक्का हुन बाँकी)
ग्लोबल टि२० क्यानडा लिग खेलेका दुई नेपाली खेलाडी : दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]