1 year ago
July 25, 2023
एजेन्सी – नेपालले आगमी महिना एसिया कपमा भारतविरुद्ध खेल्दैछ । नेपालले विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानविरुद्ध पहिलो पटक खेल्न लागेको हो । नेपालले सेप्टेम्बर ४ मा श्रीलंकाको क्यान्डीमा भारतविरुद्ध खेल्नेछ । त्यसअघि नेपालले पाकिस्तानसँग ३० अगष्टमा मुल्तानमा प्रतिस्पर्धा गर्नेछ ।
भारत र पाकिस्तानसँग खेल्न पाउनु नेपालको लागि आफैंमा ठूला उपलब्धि हुन् । एसिया कपमा नेपाल र भारतले एक खेल खेल्नेछन् । तर नेपाल र भारतबीचको स्तर क्रिकेटमा तुलना गर्न मिल्दैन । आर्थिक अवस्था, क्रिकेटको संरचना देखि प्रतियोगिता सबै पक्षमा आकाश पातालको फरक छ । हरेक कुरामा नेपाल भन्दा भारत सयौं गुणाले अघि छ ।
कुनैपनि खेलाडीले प्रत्येक खेल वापत म्याच फि पाउँछन् । त्यो हरेक देशका क्रिकेट बोर्डले आफ्नो आर्थिक अवस्था अनुसार निर्धारण गरेका हुन्छन् । म्याच फि देश र खेलको संरचना अनुसार फरक हुन्छ ।
नेपालमा प्रत्येक खेलाडीले एक ओडिआई खेलेवापत म्याच फि १० हजार रुपैयाँ पाउँछन् । जुन म्याच फि भारतमा उमेर समूहका खेलाडीले घरेलु क्रिकेटमा पाउने पैसा भन्दा कम हो । भारतका राष्ट्रिय टोलीका खेलाडीले एक ओडिआई खेलको म्याच फि ६ लाख भारु अर्थात ९ लाख ६० हजार नेपाली रुपैयाँ पाउँछन् । जुन रकम नेपाली खेलाडीले वार्षिक रुपमा पाउने तलब भन्दा धेरै हो ।
भारतीय ओडिआई खेलाडीको एक दिनको म्याच फि ९ लाख ६० हजार नेपाली रुपैयाँ पाउँछन् । यता नेपालमा भने ए ग्रेडका खेलाडीको वार्षिक तलब ७ लाख २० हजार, बी ग्रेडका खेलाडीको ६ लाख र सी ग्रेडका खेलाडीको ४ लाख ८० हजार नेपाली रुपैयाँ हुने गर्दछ । यसले नेपाल र भारतीय क्रिकेटको स्तर छर्लङ्ग पार्दछ ।
टि२० आईमा नेपाली खेलाडीको म्याच फि ५ हजार नेपाली रुपैयाँ प्रति खेल छ । तर भारतीय खेलाडीको टि२० आई खेलको म्याच फि ३ लाख भारु अर्थात ४ लाख ८० हजार नेपाली रुपैयाँ छ । भारतले टेस्ट खेलमा म्याच फि १५ लाख भारु अर्थात २४ लाख नेपाली रुपैयाँ प्रदान गर्दछ ।
नेपाली खेलाडीले पाउने वार्षिक तलब भन्दा भारतीय घरेलु क्रिकेट खेल्ने खेलाडीको पैसा धेरै हुने गर्दछ । त्यसैले पनि भारतीय घरेलु क्रिकेट रणजी ट्रफी खेल्ने खेलाडीको आर्थिक स्तर धेरै माथि छ । भारतीय शीर्ष रणजी खेल्ने खेलाडीको प्रत्येक दिनको म्याच फि ६० हजार भारु झण्डै १ लाख नेपाली रुपैयाँ पाउँछन् ।
रणजी ट्रफीको खेल अधिकतम चार दिनमा सकिन्छ । रणजी ट्रफीमा ४० भन्दा बढी खेल खेलेका शीर्ष खेलाडीको म्याच फि पाउँछन् । यदि कुनै शीर्ष खेलाडीले रणजी ट्रफीको पुरै चार दिन खेल खेल्छ भने उसले म्याच फि मात्रै २ लाख ४० हजार भारु अर्थात झन्डै ४ लाख नेपाली रुपैयाँ पाउँदछ ।
एक सिजनमा कम्तिमा एक टोलीले कम्तिमा ७ र बढीमा १० खेल खेल्ने गर्दछन् । रणजी ट्रफीको एउटा सिजनबाट एक शीर्ष खेलाडीले १५ लाख भारु भन्दा माथि कमाउने गर्दछन् ।
यदि कुनै खेलाडीसँग रणजीमा २१ देखि ४० म्याच खेलेको अनुभव छ भने उसको म्याच फि प्रत्येक दिन ५० हजार भारु छ । अर्थात एक खेलबाट उक्त खेलाडीले २ लाख भारु अर्थात ३ लाख २० हजार प्राप्त गर्ने गर्दछ ।
सबैभन्दा तल्लोक्रमको रणजीको म्याच फि प्रत्येक दिनको ४० हजार भारु हुने गर्दछ । एक खेल खेल्ने उक्त खेलाडीको रणजीमा म्याच फि १ लाख ६० हजार म्याच फि अर्थात २ लाख ५० हजार नेपाली रुपैयाँ पाउँछ । यो नेपालको शीर्ष ग्रेडको खेलाडीको मासिक तलब भन्दा चार गुणा बढी हो ।
रणजीको बेन्चमा बस्ने शीर्ष खेलाडीको म्याच फि ३० हजार भारु र अन्यको २५ हजार भारु हुने गर्दछ । भारतले दुवै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटमा महिला र पुरुष दुवैलाई समान रकम प्रदान गर्ने गर्दछ ।
यस्तो छ वार्षिक तलब
भारतको ए प्लस ग्रेडमा पर्ने खेलाडीको वार्षिक तलब ७ करोड भारु अर्थात ११ करोड २० लाख नेपाली रुपैयाँ हुने गर्दछ । तर नेपाली वार्षिक ए ग्रेडमा रहने खेलाडीको तलब ७ लाख २० हजार मात्रै हुने गर्दछ । क्यानले नेपाली खेलाडीलाई मासिक ए, बी र सी ग्रेडमा पर्नेलाई क्रमश : ६० हजार, ५० हजार र ४० हजार प्रदान गर्दछ ।
भारतीय ए ग्रेडमा हुने खेलाडीको वार्षिक तलब ५ करोड भारु अर्थात ८ करोड रुपैयाँ हुने गर्दछ । भारतीय बी ग्रेडका खेलाडीको ३ करोड र सी ग्रेडका खेलाडीको वार्षिक तलब १ करोड भारु पाउने गर्दछन् ।
महिलातर्फ क्यानले मासिक तलब ए, बी र सी ग्रेडका खेलाडीलाई क्रमश: २१ हजार, १८ हजार र १५ हजार प्राप्त गर्ने गर्दछन् । नेपालको सिनियर टोलीबाट खेल्ने महिला टोलीको मासिक तलब भन्दा भारतीय उमेर समूहको खेल खेल्ने खेलाडीको एक दिनको म्याच फि बढी हुने गर्दछ ।
भारतीय यू२५ घरेलु प्रतियोगिता खेल्ने खेलाडीको एक खेलको म्याच फि १७ हजार देखी २५ हजार भारु हुन्छ । यू१९ खेल्ने खेलाडीको एक खेलको म्याच फि १० देखी २० हजार सम्म हुने गर्दछ । यू१६ घरेलु खेल्ने भारतीय खेलाडीको म्याच फि ३ हजार ५ सय देखि ७ हजार भारुसम्म हुने गर्दछ ।
यू२५ को बेन्चमा बस्नेले ८ हजार ७ सय ५० भारु र यू१९ को बेन्चमा बस्नेले ५ हजार २ सय ५० एक दिनको म्याच फि पाउने गर्दछन् । यू१६ को बेन्चमा बस्ने खेलाडीको म्याच फि १ हजार ७ सय ५० हुने गर्दछ । यता नेपालको घरेलु क्रिकेटको शीर्ष प्रतियोगिताको रुपमा रहेको प्रधानमन्त्री कप खेल्ने खेलाडीले एक दिनको म्याच फि १ हजार ५ सय नेपाली रुपैयाँ मात्रै पाउने गर्दछन् ।
September 19, 2024
एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]
September 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]
September 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]