2 years ago
July 25, 2023
एजेन्सी – भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरलाई अन्तर्राष्ट्रिय क्रिकेटमा दुई खेलमा प्रतिबन्ध लाग्ने उच्च सम्भावना रहेको छ । गत शनिबार बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा आउट भएपछि कौरले आफ्नो ब्याटले स्टम्प हान्नुको साथै अम्पायर तनविर अहमदलाई गाली गरेकी थिइन् ।

त्यतिमात्रै होईन खेल सकिएपछि उनले अम्पायविरुद्ध नराम्रो आलोचना गरेकी थिइन् । कौरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले दुई खेलमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । उनले आसिसीको नियम अनुसार लेभल २ को गल्ती गरेकी छिन् । आसिसीको आचार सहिता लेभल २ उलङ्घनले खेलाडीको ब्यवहार जनाउँछ ।
उनी स्लिपमा आउट भएपछि अम्पायर तनविर अहमदलाई गाली गरेकी थिइन् । त्यसैले उनले रिसले चुर हुँदै आफ्नो ब्याटले स्टम्प हान्न पुगेकी थिइन् । यस गल्ती गरेवापत उनलाई तीन डिमेरिट प्वाइन्ट मिल्नेछ । सार्वजनिक रुपमा अम्पायरको आलोचना गरेको हुँदा थप उनलाई एक डेमीरेट प्वाइन्ट मिल्नेछ । उक्त खेलपछि कौरले प्रेस कन्फ्रेन्समा दयनीय अम्पायर भन्दै चर्को आलोचना समेत गरेकी थिइन् ।
उनलाई कुल ४ डेमीरेट प्वाइन्टको लागि सिफारिस गरिएको छ । आइसिसीले यस विषयमा भारतीय क्रिकेट बोर्डसँग कुराकानी गरिरहेको छ । आइसिसीले चाँडैनै हरमनप्रीत कौरलाई प्रतिबन्ध सुनाउनेछ ।
कुनैपनि खेलाडीले २४ महिना भित्रमा ४ देखी ७ डेमीरेट प्वाइन्ट पाएमा आइसिसीको नियम अनुसार एक टेस्ट, दुई ओडिआई वा दुई टि२० खेल प्रतिबन्ध लाग्नेछ ।
अव भारतीय महिला टोलीले जुन पहिला खेल खेल्छ उनलाई त्यहिँ खेलमा प्रतिबन्ध लाग्नेछ । टेस्ट खेले एक खेल नभए दुई खेल प्रतिबन्ध लाग्नेछ । उनी आइसिसीको आचार सहिंता लेभल २ उलंङ्घन गर्ने पहिला मलिा क्रिकेट खेलाडी समेत बन्नेछिन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]