2 years ago
July 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा एसिया कपको तयारी गरि रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । नेपाली टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

श्रीलंकाको प्रथम श्रेणीको उक्त क्लब र नेपालबीच खेल बिहान १० बजे उसकै घरेलु मैदान ब्लूमफिल्डमा खेल हुनेछ । कोलोम्बोमा रहेका ब्लूमफिल्ड श्रीलंकाको पुरानो क्लब हो । यस टोलीमा श्रीलंकाबाट खेलि सकेका खेलाडी पनि छन् ।
ब्लूमफिल्डबाट घरेलु क्रिकेट खेल्ने विकेटकिपर सानदुन विराकोडी, तीव्र गतिका बलिङ अलराउन्डर लाहिरु मदुशानका र स्पिनर जेफ्री वान्डरसेले श्रीलंकाको टोलीबाट खेलेका छन् गर्दछन् ।
स्पिनर जेफ्री वान्डरसे श्रीलंकाबाट १ टेष्ट, २० ओडिआई र १४ टि२० आई खेलाएका छन् । यदि ब्लूमफिल्डले पहिलो रोजाईका खेलाडी नेपालविरुद्ध मैदान उतारेमा सिनियरसँगै घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्ने खेलाडी खेल्नेछन् । कुन खेलाडी मैदान उतार्ने त्यो भने पक्का भएको छैन ।
नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ । बाँकी तीन खेल कुन टोली र कहिले खेल्ने क्यानले जानकारी दिएको छैन । श्रीलंका क्रिकेट बोर्डसँग समन्वयमा एसिया कपको तयारी गरेको हुँदा राम्रो टोलीसँग अभ्यास खेल्ने क्यानले दाबी गर्दै आएको छ ।

एसिया कपको तयारीमा हुँदा नेपालले सबै ५० ओभरको अभ्यास खेल खेल्नेछ । त्यसैले नेपालले आफ्नो टोलीबाट ब्याटिङ र बलिङमा फरक खेलाडी मैदान उतार्न सक्छ । अभ्यास खेल हुदा प्लेइङ ११ को नै खेलाउनु पर्छ भन्ने हुँदैन । आवश्यकता अनुसार टोलीका कुनैपनि खेलाडीलाई मैदान उतार्न सक्नेछ ।
नेपालले एक महिनापछि श्रीलंका र पाकिस्तानमा एसिया कप खेल्नेछ । नेपाली खेलाडीलाई श्रीलंकाको वातावरणमा झिज्ने यो राम्रो अवसर हुनेछ । नेपालले युवा खेलाडी प्रतिश जि.सी, किशोर महतो, श्याम ढकाल र सूर्य तामाङ, सन्दीप जोरालाई अभ्यास खेलमा प्राथमिकतामा राख्नेछ ।
नेपाली खेलाडीलाई आत्माविश्वास बढाउन पनि अभ्यास खेल महत्वपूर्ण हुनसक्छ । नेपालका कप्तान रोहित पौडेल, कुशल मल्ल, भीम सार्की लगायतका ब्याटरबाट नेपाल अभ्यास खेलमा ठूलो इनिङ चाहन्छ । नेपाली टोली भने इमर्जिङ कप खेल्न श्रीलंका गएको थियो ।

यसै साता सम्पन्न इमर्जिङ कपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । पाकिस्तान ए सँग ४ विकेट र भारत ए सँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो । युएई ए लाई नेपालले तीन विकेटले हराएको थियो । इमर्जिङ कपमा टोलीमा नभएका ज्ञानेन्द्र मल्ल, करण केसी र आरिफ शेख पनि अभ्यासको लागि श्रीलंका जानेछन् ।
एसिया कप पाकिस्तान र श्रीलंकामा हुनेछ । नेपालले र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४) मा हुनेछ ।
समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
एसिया कपको तयारी गर्ने नेपाली क्रिकेट टोली:
कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा, सूर्य तामाङ, ज्ञानेन्द्र मल्ल,आरिफ शेख र करण केसी ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]