default_image

2 years ago

July 26, 2023

इद्रुसको दुर्लभ विश्व कीर्तिमान, चीन २३ रनमा अल आउट

369 views

0 Bookmark

एजेन्सी – मलेसियाका तीव्र गतिका बलर स्याजरुल इजात इद्रसको विश्व कीर्तिमानी बलिङसँगै आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट बी को पहिलो खेलमा चीन मात्रै २३ रनमा अल आउट भएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको चीन ११.२ ओभरमा २३ रनमा अल आउट भयो ।

चीनका कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ६ खेलाडी खाता खोल्न नसकी आउट भए । टोलीका लागि ओपनर विई गुओलीले १५ बलमा सर्वाधिक ७ रन बनाए ।

मलेसियाका तीव्र गतिका बलर इद्रुसले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ७ विकेट लिए । उनी टि२० आई क्रिकेट इतिहासमा एकै खेलमा ७ विकेट लिने पहिलो खेलाडी बनेका छन् । यसअघि टि२० आईमा एकै खेलमा उत्कृष्ट प्रदर्शन नाइजेरियाका पि आहोले २०२१ मा सेरा लिओनविरुद्ध ३.४ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ६ विकेट लिएका थिए ।

टि२० आई इतिहासको यो तेस्रो कम योगफल हो । टि२० आईमा सबैभन्दा कम रनमा आस्ल अफ म्यान गत फेब्रुअरीमा स्पेनसँग १० रनमा अल आउट भएको थियो ।

त्यस्तै टर्की चेकरिपब्लिकसँग २०१९ मा २१ रनमा अल आउट हुन पुगेको थियो । मलेसियाले उक्त लक्ष्य ४.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाका विरनदीप सिंहले १४ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १९ रन बनाए ।

यस प्रतियोगितामा मलेसिया, चीन, थाईल्यान्ड, भुटान र म्यानमार छन् । प्रतियोजिता विजेता टोली आगमी नोभेम्बरमा नेपालमा हुने एसिया विश्वकप छनोट खेल्न पाउनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.