1 year ago
July 26, 2023
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा एसिया कपको तयारी गरि रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले नियमित कप्तान रोहित पौडेललाई विश्राम दिएको छ ।
कोलोम्बोमा रहेका ब्लूमफिल्ड श्रीलंकाको पुरानो क्लब हो । यस टोलीमा श्रीलंकाबाट खेलि सकेका खेलाडी पनि छन् । ब्लूमफिल्डबाट घरेलु क्रिकेट खेल्ने विकेटकिपर सानदुन विराकोडी नेपालविरुद्ध खेल्दैछन् ।
नेपालको प्लेइङ ११ :
अर्जुन साउद, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, गुलशन, सोमपाल कामी, पवन सरार्फ, करण केसी, प्रतिश जि.सी, किशोर महतो र सूर्य तामा ङ ।
ब्लुमफिल्डको प्लेइङ ११ :
अशान फ्रेनान्डो, सादुन विराकोडी, हर्षिथा बोयागोडा, मानेल्कार डि सिल्भा, चमान्ता मिलशारा, गजिथा कोटुवेगोडा, मलिन्डा परेरा, अदीशा, निमेश थारुणु, दिनेश मराविक्रमा र सेनुरा सिल्भा ।
October 10, 2024
एजेन्सी – युएईमा जारी टि ट्वान्टी महिला विश्वकपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । भारतले बुधवार राति भएको खेलमा श्रीलंकालाई ८२ रनको हराएको हो । १ सय ७३ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा अल आउट हुँदै ९० रनमा समेटियो । श्रीलंकाका लागि कबिशा दिलहारिले २१ तथा अनुष्का सन्जिबनीले २० रन बनाइन् । […]
October 9, 2024
एजेन्सी – भारतले बंगलादेशविरुद्धको ३ टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा बुधवार बंगलादेशमाथि ८६ रनको सानदार जित निकाल्दै भारतले सिरिज जितेको हो । पहिलो खेल भारतले ७ विकेटले जितेको थियो । भारतको दिल्लीमा भएको खेलमा २ सय २२ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ […]
October 9, 2024
एजेन्सी – स्कटल्यान्ड युएईमा जारी महिला टि ट्वान्टी विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ । बुधवार समूह ‘बी’ मा दक्षिण अफ्रिकासँग ८० रनको अन्तरमा पराजित भएसँगै स्कटल्यान्ड विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको हो । १ सय ६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १७.५ ओभरमा अल आउट हुँदै ८६ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि काथरेनी […]