default_image

2 years ago

July 26, 2023

नेपाल पहिलो खेलमा पराजित

303 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग ६ विकेटले पराजित भएको छ । जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली ब्लूमफिल्ड क्लबले २४.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

उसको जितमा श्रीलंकाबाट यू१९ क्रिकेट खेलि सकेका युवा ब्याटर हसिता बोयागोडाले ५३ बलमा ७ चौका र ७ छक्कासहित ९० रनको आक्रामक इनिङ खेले । उनी प्रतिश जि.सीको बलमा अर्जुन साउदबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए ।

ओपनर सानदुन विराकोडी २२ बलमा ५ चौका र १ छक्कासहित ३१ र असिथा वानिनायाके १ रनमा आउट भए । अशान फेनान्डो ५४ बलमा ६ चौका र २ छक्कासहित ५६ रनमा अविजित रहे ।

नेपालका स्पिनर सूर्य तामाङले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४३.४ ओभरमा १ सय ९७ रनमा अल आउट भएको थियो । नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले १ सय १३ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिएपनि जिताउन सकेनन् ।

नेपाललाई ओपनर अर्जुन साउद र देव खनालले १०.५ ओभरमा ३८ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । देव खनाल ३४ बलमा २ चौका र १ छक्का २२ रनमा आउट भए ।

दोस्रो विकेटका लागि अर्जुन साउद र गुलशन झाले ३७ रनको साझेदारी गरेका थिए । गुलशन २५ बलमा ९ रन बनाउँदै आउट भए । सन्दीप जोरा २७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।

तेस्रो विकेटका लागि सन्दीप जोरा र अर्जुन साउदले ४९ रनको साझेदारी गरेका थिए । एक समय १२४-२ को बलियो अवस्थामा रहेपनि सन्दीप जोरा क्याच आउट भएपछि नेपालले लगातार किकेट गुमाएको थियो ।

नेपालका बायाँ हाते ब्याटर कुशल मल्ल ३, पवन सरार्फ १०, सोमपाल कामी ११, प्रतिश जि।सी १६ र करण केसी ११ रन बनाउँदै आउट भए । ब्लूमफिल्डका मलिन्डा परेरा, दिनेश समराविक्रमा, निमेश थारुणु र विनिनायाकेले समान दुई विकेट लिए ।

नेपालले एसिया कप अघि श्रीलंकामा विशेष तयारी गरेको छ । श्रीलंकाले अव तीन अभ्यास खेल खेल्नेछ । कुन टोली र कहिले खेल्ने त्यो भने क्यानले सार्वजनिक गरेको छैन । श्रीलंका क्रिकेट बोर्डको समन्वयमा अभ्यास गरेको हुँदा बलियो टोली पाउने अनुमान गरिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.