default_image

2 years ago

July 26, 2023

शफिकको दोहोरो शतकमा पाकिस्तानको विशाल योगफल

232 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर अब्दुल्लाह शफिकको दोहोरो शतक र अघा सलमानको शतकको सहयोगमा पाकिस्तानले दोस्रो टेस्ट खेलमा घरेलु टोली श्रीलंकाविरुद्ध विशाल योगफल बनाएको छ । तेस्रो दिनको खेल सकिदा पाकिस्तानले पहिलो इनिङमा ३ सय ९७ रनको विशाल अग्रता लिँदै इनिङ अन्तरको जितको सम्भावना उच्च बनाएको छ ।

पाकिस्तानले पहिलो इनिङमा १ सय ३२ ओभरमा ५ विकेट गुमाउँदै ५ सय ६३ रन बनाएको छ । दोस्रो दिन भने वर्षाको कारण पुरै दिन खेल प्रभावित बनेको थियो । पाकिस्तानका २३ वर्षीय युवा ब्याटर अब्दुल्लाह शफिकले ३ सय २६ बलमा १९ चौका र ४ छक्कासहित २ सय १ रनको दोहोरो शतकीय इनिङ खेले ।

उनको यो करिअरको पहिलो अन्तर्राष्ट्रिय दोहोरो शतक समेत हो । अघा सलमान १ सय ४८ बलमा १५ चौका र १ छक्कासहित १ सय ३२ रनमा अविजित छन् । मोहम्मद रिजवान ६१ बलमा १ चौका र १ छक्कासहित ३७ रनमा नट आउट छन् ।

ओपनर इमाम उल हक ६, शन मकसुद ५१, बाबर आजम ३९ र साउद सकिल ५७ रनमा आउट भए । शरफराज अहमद भने १४ रनमा कन्कसनको कारण रिटायर्ट आउट भए । उनलाई असिथा फ्रेनान्डाको बाउन्सर बलले हेलमेटमा लागेको थियो ।

उनी खेल्न नसकेपछि मोहम्मद रिजवानले खेल्ने अवसर पाएका थिए । श्रीलंकाका तीव्र गतिका बलर असिथा फ्रेनान्डोले तीन र प्रभाथ जयसूर्याले दुई विकेट लिए ।

त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिन दोस्रो सेसनमा ४८.४ ओभरमा १ सय ६६ रनमा अल आउट भएको थियो । श्रीलंकाका धनन्जय डि सिल्भाले ६८ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ५७ रन बनाएका थिए ।

पाकिस्तानका स्पिनर अब्रार अहमदले सर्वाधिक चार विकेट लिए । नसिम शाहले तीन र शाहिन शाह अफ्रिदीले एक विकेट लिए । दुई खेलको सिरिजमा पाकिस्तान १-० ले अघि छ । पहिलो खेलमा पाकिस्तान ४ विकेटले विजयी भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.