default_image

2 years ago

July 27, 2023

के राष्ट्रिय टोलीबाट खेल्न पाउँछन् आदिल अन्सारी ?

913 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा स्पट फिक्सिङको आरोप लागेका आदिल अन्सारी झण्डै एक वर्षदेखि राष्ट्रिय क्रिकेट टोलीमा छैनन् । गत पुषमा सम्पन्न नेपाल टि२० लिगमा जनकपुर रोयल्सबाट खेल्नेक्रममा स्पट फिक्सिङको आरोपमा उनी माघ पहिलो साता प्रकाउ परेका थिए ।

आदिलले खेलको क्रममा स्पट फिक्सिङ गरेको भन्दै गत माघ ९ मा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले प्रकाउ गरेको थियो । फागुन १० गते उनलाई काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतले धरौटीमा छोडेयता आदिलले अधिकारिक घरेलु क्रिकेट खेलेका छैनन् र राष्ट्रिय टोलीबाट पनि बाहिर रहँदै आएका छन् । तीव्र गतिसँगै तल्लोक्रममा विष्फोटक ब्याटिङको क्षमता बोकेका आदिल नेपालका एक म्याच विनर खेलाडी हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले क्लिन चिट नदिएसम्म टोलीमा राख्न नसकिने बताएको छ । ‘आदिलको मुद्दा अहिले अदालतमा विचाराधीन छ । फिक्सिङ र डोपिङको कुरामा हामीले अन्तर्राष्ट्रिय संस्थाले हेरिरहँदा यसैपनि केही बोल्न मिल्दैन । आइसीसीले पनि यसबारे हेरिरहेको छ । जबसम्म क्लिनचिट पाउँदैन तबसम्म यसबारे बोल्न गाह्रो छ’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले हाम्रो खेलकुदसँग भने ।

पाठकका अनुसार आइसीसीले उनलाई टोलीमा नराख भनेर निर्देशन नै भने नदिएको बताउँछन् । ‘आइसिसीले नराख भनेर नराखेको होईन । तर आइसिसीको गाइडलाइन अनुसार नै त्यो मिल्दैन । उमाथि अझै पनि अरोप कायम छ । अदालतबाट हो वा होइन भन्ने प्रमाणित भएको छैन’, उनले भने ।

गत भदौमा नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेमाथि एक १७ वर्षीय नाबालिका बलात्कार गरेको गम्भीर आरोप लागेको थियो । सन्दीप भने राष्ट्रिय टोलीको महत्त्वपूर्ण सदस्य रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा चलिरहँदा फागुनमा नेपाली क्रिकेट टोलीबाट खेलेका थिए ।

क्यानले नै सन्दीपलाई टोलीको बन्द प्रशिक्षण हुँदै अन्तिम टोलीमा समावेश गरेको थियो । सन्दीपको उत्कृष्ट प्रदर्शनको सहयोगमा नेपालले ओडिआई मान्यता जोगाउँदै विश्वकप छनोटसम्म पुग्न सफल भएको थियो ।

सन्दीपविरुद्धको मुद्दा अहिले पनि अदालतमा यथावत छ । सन्दीप दोषी हुन् वा होइनन् हालसम्म प्रमाणित भएको छैन । सन्दीपले यसबीचमा राष्ट्रिय टोली मात्रै होइन ग्लोबल टि२० क्यानडा लिग पनि खेलिरहेका छन् । सुरुवातमा राष्ट्रिय टोलीबाट खेल्न नै अदालतले स्वीकृति दिन आनकानी गरेको अवस्थाबाट अहिले उनलाई व्यावसायिक लिगमा पनि सहभागिता जनाउन दिइएको छ ।

त्यसैगरि आदिल पनि दोषी हुन् वा होइनन् भन्ने प्रष्ट भएको छैन । सन्दीपलाई टोलीमा बोलाउन मिल्छ भने आदिललाई किन मिल्दैन भन्ने प्रश्नमा पाठक यी दुई मुद्दाको प्रकृति नै फरक भएको बताउँछन् ।

‘सन्दीप र आदिलको मुद्दा नै फरक हो । सन्दीपलाई बलात्कारको आरोप लागेको भयो । अन्तर्राष्ट्रिय जगतमा सेलेब्रेटीमाथि बलात्कारको मिथ्या आरोप पनि लाग्नसक्छ । सेलिब्रेटीमाथि बलात्कारको आरोप लाग्न सक्ने भन्दै आइसिसीले यसलाई कम गम्भीरतापूर्ण लिएको हुन्छ । तर डोपिङ र फिक्सिङमा आइसिसीको आचारसहिंताले कहि पनि अघि जान दिंदैन । आइसिसीको गाइडलाइनमा जबसम्म क्लिनचिट पाउँदैन तबसम्म खेल्न पाउँदैन भन्ने छ’, उनले भने ।

सन्दीपलाई क्यानले त्यसबेला अनुशासन उल्लङ्घनको कारण देखाउँदै कप्तानबाट हटाउनुको साथै टोलीबाट निलम्बन गरेको थियो । तर आदिललाई क्यानले हालसम्म अधिकारिक रुपमा कुनै कारवाही पनि गरेको छैन । फिक्सिङको कुरामा आइसिसीसँग जोडबल गर्न नमिल्ने क्यानको भनाइ छ ।

आदिलले नेपालबाट ६ ओडिआई ८ टि२० आई खेलेका छन् । आदिलले गतवर्ष जुनमा आदिलले अमेरिकाविरुद्ध डेब्यू गरेका थिए । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकालाई अन्तिम ६ बलमा ६ रन जित्नको लागि आवश्यक थियो ।

आदिलले एक रन आउटसहित दुई विकेट लिँदै मात्र ५ रन खर्चेपछि खेल रोमान्चक बराबरीमा सकिएको थियो । उक्त डेब्यू खेलमा आदिलले २४ बलमा ३ चौका र २ छक्कासहित ३६ रनको आक्रामक इनिङ खेलेका थिए ।

टि२० आईमा भने २०२२ मार्चमा आदिलले पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा डेब्यु गरेका थिए । उनले पछिल्लो पटक नेपाली क्रिकेट टोलीबाट २०२२ अगष्टमा केन्याविरुद्ध अन्तिम टि२० आई खेलेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.