default_image

2 years ago

July 28, 2023

घरेलु टोली वेस्टइन्डिजमाथि भारतको सहज जित

280 views

0 Bookmark

एजेन्सी – भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ५ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।

जितको लागि १ सय १५ रनको झिनो विजयी लक्ष्य पछ्याएको भारतले २२.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । भारतको जितमा ओपनर ईशान किशनले ४६ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए ।

भारतले झिनो लक्ष्य हुँदा आफ्ना तल्लोक्रमका खेलाडीलाई मौका दिन खोजेको थियो । त्यसैले विराट कोहलीले ब्याटिङ नै गरेनन् ।

ओपनर शुभमन गिल ७, सूर्यकुमार यादव १९, हार्दिक पान्ड्या ५, रविन्द्र जडेजा १६, शार्दुल ठाकुर १ र रोहित शर्मा १२ रन बनाए । वेस्टइन्डिजका गुडाकेश मोतीले ६.५ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जयडेन सिल्स र यानिक कारियाहले समान एक विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज २३ ओभरमा १ सय १४ रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका कप्तान शाई होपले ४५ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए । ओपनर ब्रेन्डन किंग १७, कायल मेयर्स २, एलिक उथानाजेले २२, शिम्रन हेटमायर ११, रोभम्यान पावेल ४ र रोमारियो शेफर्ड शून्यमा आउट भए ।

भारतका स्पिनर कुलदीप यादवले ३ ओभरमा २ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिए । कुलदीप नै खेलको प्लेयर अफ द म्याच चुनिए । त्यस्तै रविन्द्र जडेजाले तीन, हार्दिक पान्ड्या, मुकेश कुमार र शार्दुल ठाकुरले समान एक विकेट लिए ।

भारतीय ओडिआई क्रिकेट इतिहासमा दुई बायाँ हाते स्पिनर कुलदीपले ४ र जडेजाले ३ गरि ७ विकेट एकै खेलमा पहिलो पटक लिएका हुन् ।

अघिल्लो महिना विश्वकप छनोटमा खराब प्रदर्शन गर्दै भारतमा हुने विश्वकप खेल्ने अवसर गुमाएको घरेलु टोली वेस्टइन्डिजले पुन खराब प्रदर्शन गरेको हो । स्पिनर सामु वेस्टइन्डिजका ब्याटर पुन निरिह बनेका थिए । दोस्रो खेल शनिबार र तेस्रो खेल मंगलबार हुनेछ । त्यसपछि पाँच टि२० आई खेलको सिरिज खेल्नेछ । दुई टेस्ट खेलको सिरिज भने भारतले १-० ले जितेको थियो । दोस्रो खेल वर्षाको कारण बराबरीमा सकाउनु परेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.