default_image

2 years ago

July 28, 2023

पपुवा न्युगिनी पनि टि२० विश्वकपमा

613 views

0 Bookmark

एजेन्सी – घरेलु टोली पपुवा न्युगिनीले आइसिसी टि२० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटमा एक खेल अगावै उपाधि जित्दै विश्वकपमा स्थान पक्का गरेको छ । पपुवा न्युगिनीले शुक्रबार फिलिपिन्सलाई १ सय रनको फराकिलो अन्तरले हराउँदै २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा स्थान पक्का गरेको हो ।

अमिनी पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । ओपनर टोनी उराले ३१ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६१ रनको इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए ।

असाद भाला ३९ बलमा ५ चौका र २ छक्कासहित ५९, लेगा सियाका २६ र हिरि हिरि २० रन बनाए । चाल्स अमिनीले २७ बलमा ३ चौका र ४ छक्कासहित ५३ रनमा आउट भए ।

जितका लागि २ सय ३० रनको विशाल विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २९ रन बनायो । फिलिपिन्सका कप्तान ड्यानियल स्मिथले सर्वाधिक ३४ रन बनाए । पपुवा न्युगिनीका काबुआ मोरेआले सर्वाधिक दुई विकेट लिए ।

पपुवा न्युगिनी ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा पुगेको हो । अन्तिम खेल पपुवा न्युगिनीले शनिबार जापानसँग खेल्नेछ । जापान ५ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतियोगितामा पपुवा न्युगिनी, जापान, भानुआतु र पिलिफिन्स छन् । यी चार टोलीले डबल राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा गरेका थिए । पपुवा न्युगिनी शीर्ष स्थानमा रहँदै विश्वकप खेलेको हो । पपुवा न्युगिनी दोस्रो पटक टि२० विश्वकपमा पुगेको हो । यसअघि पपुवा न्युगिनीले २०२१ मा पनि टि२० विश्वकप खेलेको थियो ।

युरोप क्षेत्र छनोटबाट आयरल्यान्ड र स्कटल्यान्डले विश्वकपमा स्थान बनाई सकेका छन् । नेपालले भने आगमी नोभेम्बरमा एसिया क्षेत्र छनोट आयोजना गर्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.