2 years ago
July 28, 2023
एजेन्सी – आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा आयोजना हुने टि२० विश्वकप खेल्ने २० मध्य १५ टोलीको टुङ्गो लागेको छ । १२ टोलीले सोझै टि२० विश्वकपमा स्थान बनाउँदा तीन टोलीले छनोट क्षेत्र पार गर्दै विश्वकपमा स्थान पक्का गराएका छन् ।

टि२० विश्वकप २०२४ मा अमेरिका र वेस्टइन्डिज आयोजक टोली हुँदा सोझै छनोट भएका थिए । अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरलयान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका गतवर्ष टि२० विश्वकपमा शीर्ष ८ मा रहँदा सोझै विश्वकपमा पुगेका थिए ।
त्यस्तै अफगानिस्तान र बंगलादेशले टि२० शीर्ष वरियताको कारण सोझै स्थान बनाएका थिए । युरोप क्षेत्र छनोटबाट आयरल्यान्ड र स्कटल्यान्डले विश्वकपमा स्थान बनाएका छन् ।
स्कटल्यान्डमा जारी युरोप क्षेत्र विश्वकप छनोटमा स्कटल्यान्ड, आयरल्यान्ड, जमर्नी, इटाली, जर्सी, डेनमार्क र अष्ट्रिया थिए । सिंगल राउन्ड रोबिनको आधारमा जारी प्रतियोगितामा एक खेल अगावै स्कटल्यान्ड र आयरल्यान्डले विश्वकपमा स्थान बनाएका हुन् ।
यता इस्ट एसिया पासिफिक छनोटबाट पपुवा न्युगिनी एक खेल अगावै विश्वकप स्थान बनाएको छ । पपुवा न्युगिनीमा जारी विश्वकप छनोटमा आयोजकसँगै जापान, भानुआतु र फिलिपिन्सले डबल राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा गरेका थिए ।
अव तीन क्षेत्रको छनोटबाट पाँच टोलीले विश्वकपमा स्थान बनाउने छन् । अमेरिका क्वालिफायर्सबाट एक, एसिया क्वालिफायर र अफ्रिका क्वालिफायरबाट समान दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
एसिया टि२० विश्वकप छनोट आगमी अक्टोबर ३० देखी नोभेम्बर ९ सम्म नेपालमा आयोजना हुनेछ । उक्त प्रतियोगितामा नेपाल, हङकङ, युएई, ओमान, बहराइन र सिंगापुरसँगै छनोटबाट दुई टोली आउनेछन् । जसबाट शीर्ष दुई टोली विश्वकपमा पुग्नेछन् । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचमा हुनेछ ।
टि२० विश्वकप २०२४ खेल्ने पक्का भएका १५ टोली :
अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरलयान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, स्कटल्यान्ड, आयरल्यान्ड र पपुवा न्युगिनी ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]