2 years ago
July 28, 2023
काठमाडौँं (हाम्रो खेलकुद) – चीनको हान्झोउमा दुई महिनापछि सुरु हुने १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेट टोली घोषणा गरेको छ । राष्ट्रिय खेलकुद परिषद्(राखेप) लाई नेपाल क्रिकेट संघ(क्यान) ले १५ सदस्य टोली नाम पठाएको छ ।

क्यानले एक महिना अघिनै उक्त नाम राखेपलाई पठाएको र टोलीमा अव कुनै परिवर्तनको सम्भावना नरहेको समेत प्रष्ट पारेको छ ।
घोषणा टोलीमा विनोद भण्डारी, अभिनाष बोहरा र विवेक यादव खेलाडीले पूनरागमन गरेका छन् । यी तीन खेलाडीले लामो समयपछि टोलीमा पूनरागमन गरेका हुन् । नेपालले ओडिआईका आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्कीलाई टोली बाहिर राख्ने भएको छ ।
नेपालले टि२० लाई ध्यानमा राख्दै विकेटकिपर विनोद भण्डारी र विवेक यादवलाई टोलीमा बोलाएको छ । अभिनाश बोहरालाई पनि टि२० विशेष खेलाडीको रुपमा बोलाएको छ । अभिनाश नेपालका डेथ ओभर स्पेलिष्ट बलर समेत हुन् । उनको आगमनले नेपालको डेथ ओभर बलियो बन्नेछ ।
नेपालको टोली :
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]