2 years ago
July 28, 2023
काठमाडौँं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अभिनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादवले लामो समयपछि नेपाली क्रिकेट टोलीमा पूनरागमन गरेका छन् ।

चीनको हान्झोउमा दुई महिनापछि सुरु हुने १९ औं एसियन खेलकुदको लागि घोषणा टोलीमा तीन खेलाडी फर्किएका हुन् । १९ औं एसियाली खेलकुद टि२० शैलीमा हुनेछ ।
ओडिआईका तीन नियमित खेलाडी आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने नेपालको टि२० टोलीमा पर्न सकेनन् । विकेटकिपर विनोद भण्डारीले २०२२ जुलाईपछि नेपाली टोलीमा फर्किएका हुन् ।
स्कटल्यान्ड भ्रमणमा राम्रो हुन नसकेपछि उनी टोलीबाट बाहिरिएका थिए । त्यसपछि आसिफ शेख र अर्जुन साउदले राम्रो प्रदर्शन गरेपछि विनोद टोलीमा पर्न सकेका थिएनन् ।
नेपालका हार्ड हिटर विनोद आरिफ शेखको स्थानमा खेल्न सक्छन् । उनी नेपाली टोलीमा फिनिसरको रुपमा खेल्नेछन् । डेथ ओभर स्पेलिष्ट बलर अभिनाश बोहरा पनि टोलीमा फर्किएका छन् । अभिनाशले २०२२ अप्रिलपछि नेपालको अन्तिम टोलीमा पूनरागमन गरेका हुन् ।

नेपाल टि२० लिगमा सर्वाधिक विकेट लिने बलर बनेका अभिनाशलाई नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको सिरिजको लागि नेपालले बन्द प्रशिक्षणमा बोलाएको थियो । घरेलु मैदानमा भएको उक्त सिरिजमा अभिनाशले अन्तिम टोलीमा स्थान बनाउन सकेका थिएनन् ।
नेपालको पहिलो रोजाईमा सोमपाल कामी र करण केसी खेल्दै आएका छन् । गुलशन झाले अलराउन्डरको रुपमा राम्रो गरेपछि अभिनाशले मौका पाएका थिएनन् । नेपालले तीव्र गतिका बलरमा सोमपाल, करण, गुलशन र प्रतिश जि.सीलाई राखेको छ ।
युवा अलराउन्डर विवेक यादवले पनि टोलीमा पूनरागमन गरेका छन् । विवेकले गतवर्ष अगष्टमा केन्या भ्रमणमा अन्तिम पटक नेपाली टोलीबाट खेलेका थिए । विवेक तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटरको रुपमा चिनिन्छन् ।

तर पछिल्लो समय नेपालले उनलाई कुनैपनि खेलमा मौका दिएको थिएन् । नेपालले अन्य टोली भने पछिल्लो समय मौका दिएको खेलाडीलाई नै निरन्तरता दिएको छ ।
नेपालको १९ औं एसियन खेलकुद खेल्ने टोलीमा दुई युवा तीव्र गतिका बलर किशोर महतो र कमलसिंह ऐरीले भने स्थान बनाउन सकेनन् ।
नेपालको टोली :
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]