default_image

2 years ago

July 28, 2023

अव टि२० विश्वकप खेल्ने पाँच टोली टुङ्गो लाग्न बाँकी

351 views

0 Bookmark

एजेन्सी – आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा आयोजना हुने टि२० विश्वकप खेल्ने २० मध्य अव पाँच टोलीको मात्रै टुङ्गो लाग्न बाँकी रहेको छ । आइसिसीले पहिलो पटक टि२० विश्वकप १६ संख्याबाट बढाएर २० टोली गराउँदैछ । जसमा १२ टोलीले सोझै र तीन टोलीले छनोट खेल्दै विश्वकपमा स्थान बनाएका छन् ।

अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, स्कटल्यान्ड, आयरल्यान्ड र पपुवा न्युगिनीले विश्वकपमा स्थान बनाएका छन् ।

स्कटल्यान्ड, आयरल्यान्ड र पपुवा न्युगिनीले छनोट र अन्य टोलीले सोझै स्थान बनाएका हुन् । अव तीन क्षेत्रिय छनोट हुन बाँकी छ । जसबाट पाँच टोली आउने छन् । विश्वकप एसिया क्षेत्र छनोटबाट दुई टोली विश्वकपमा पुग्नेछन् ।

अक्टोबर ३० देखी ९ नोभेम्बरसम्म हुने एसिया क्षेत्र छनोटबाट आयोजक नेपाल, हङकङ, युएई, ओमान, सिंगापुर, बहराइन र क्वालिफायर ए र बी बाट आउने दुई टोली हुनेछन् ।

एसिया छनोट ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् । एसिया छनोट बी मा भुटान, चीन, मलेसिया, म्यानमार र थाईल्यान्डछन् ।

अमेरिका छनोटबाट एक टोली विश्वकपमा पुग्नेछन् । सेप्टेम्बर २८ देखी ८ अक्टोबर सम्म हुने अमेरिका छनोटमा आयोजक बर्मुडा, क्यानडा, पानमा र केम्यान आइसल्यान्ड्स छन् । डबल राउन्ड रोबिनको आधारमा हुने उक्त प्रतियोगिताबाट शीर्ष टोली विश्वकपमा पुग्नेछ ।

त्यस्तै अफ्रिका छनोटबाट शीर्ष दुई टोली आउनेछन् । नामिबियामा २० नोभेम्बर देखी १ डिसेम्बर सम्म हुने अफ्रिका छनोटमा नामिबिया, केन्या, नाइजेरिया, रवान्डा, तान्जेनिया, युगान्डा र जिम्बावे छन् । हालसम्म २०२४ को विश्वकपमा नपुग्ने जिम्बावे एक्लो टेस्ट टोली हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.