default_image

2 years ago

July 28, 2023

रियान परागको छक्काको वर्षा

320 views

0 Bookmark

एजेन्सी – भारतीय युवा ब्याटर रियान परागले देवधर ट्रफीमा इस्ट जोनबाट नर्थ जोनविरुद्ध छक्काको वर्षा गराउँदै सानदार शतक प्रहार गरेका छन् ।

उनको सानदार अलराउन्ड प्रदर्शनमा इस्ट जोन ८८ रनले विजयी भएको थियो । टस जितेर पहिला ब्याटिङ रोजेको इस्ट जोनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३७ रन बनायो ।

इस्ट जोनका लागि रियान परागले १ सय २ बलमा ५ चौका र ११ छक्कासहित १ सय ३१ रनको सानदार शतकीय इनिङ खेले ।

विकेटकिपर कुमार कुशाग्रा ८७ बलमा ८ चौका र ४ छक्कासहित ९८ रनमा आउट भए । एक समय ५७–५ को दयनीय अवस्थामा पुगेको टोलीलाई विशाल योगफलमा पुर्याउन रियान परागले कुमार कुशाग्रासँग छैटौं विकेटका लागि १ सय ८२ बलमा २ सय ३५ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेका थिए ।

नर्थ जोनका मयंक यादवले १० ओभरमा ६३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । हर्षित रानाले ९ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए ।

जितको लागि ३ सय ३८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नर्थ जोन ४५.३ ओभरमा २ सय ४९ रनमा अल आउट भयो । उसको लागि ओपनर अभिषेक शर्माले ४४, कप्तान नितिश राणाले २७ र मन्दीप सिंहले ५० रन बनाए ।

इस्ट जोनका रियान परागले १० ओभरमा १ मेडनसहित ५७ रन खर्चेर ४ विकेट लिए । अहमद शहबाजले ९.३ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.