default_image

9 months ago

August 3, 2023

नेपाली क्रिकेटका सदाबहार ‘शक्ति’

भूपेन्द्र जि.सी.,काठमाडौं नेपाली क्रिकेटमा शक्ति गौचनको परिचय दिन नाम नै काफी छ । सबैभन्दा छोटो परिचय उनी नेपाली क्रिकेटले पाएको एक महान् खेलाडी हुन् । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलपछि नेपालको जर्सीबाट बिदा लिएका शक्ति डेढ देशक लामो यात्रामा नेपाली टोलीको हरेक उतारचढावका सारथी बने । शक्तिले सधैं नेपाली क्रिकेट टोलीको विशेष रोजाईमा […]

781 views

0 Bookmark

भूपेन्द्र जि.सी.,काठमाडौं

नेपाली क्रिकेटमा शक्ति गौचनको परिचय दिन नाम नै काफी छ । सबैभन्दा छोटो परिचय उनी नेपाली क्रिकेटले पाएको एक महान् खेलाडी हुन् । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलपछि नेपालको जर्सीबाट बिदा लिएका शक्ति डेढ देशक लामो यात्रामा नेपाली टोलीको हरेक उतारचढावका सारथी बने ।

शक्तिले सधैं नेपाली क्रिकेट टोलीको विशेष रोजाईमा खेले । शक्तिले नेपालबाट खेल्न छाडेको पाँच वर्ष भयाे । तर नेपाली क्रिकेट प्रति उनको लगाव उस्तै छ । खेलाडीको रुपमा खेल जिताउन तल्लिन उनको भूमिका फेरिएको छ । अहिले उनको लक्ष्य ग्रासरुटमा विकास र नेपाललाई टेस्ट मान्यता दिलाउन सक्ने खेलाडी उत्पादन गर्ने रहेको छ ।

कुनैपनि खेलमा दीर्घकालीन विकासको आशा गर्न ग्रासरुटमा लगानी र युवा खेलाडी उत्पादनमा निकै ध्यान दिनुपर्छ । अझ क्रिकेटमा त सानो उमेर वा करिअर सुरुवात गर्ने बेलामा नै राम्रो जग बसाल्न आवश्यक हुन्छ । बाल्यकालमा राम्रो प्रशिक्षण नपाए खेलाडीको करिअरले अपेक्षा गरेअनुसार सफलताकाे शिखर चुम्न सक्दैन ।

सबै खेलाडीमा अद्धभूत क्षमता हुँदैन । अधिकांश खेलाडी राम्रो प्रशिक्षण र प्रशिक्षकको साथले नै सफल हुन्छन् । नेपालमा ग्रासरुट स्तरमा सिकाउने स्तरिय प्रशिक्षक निकै कम हुँदा क्रिकेटले सोचेजस्तो सफलता पाउन सकिरहेको छैन । यसैलाई मध्यनजर गर्दै शक्तिले आफू खेल्दा खेल्दैको अवस्थामा भैरहवास्थित ओमसतिया गाउँपालिका वडा नम्बर-२ मा आफ्नो घरमा एक देशकदेखी एकेडेमी सञ्चालन गर्दै आएका छन् ।

शक्तिले सन्न्यास लिनु अघिनै उक्त एकेडेमी सञ्चालन गरेका थिए । तर खेलाडी जीवन हुँदा पूर्ण समय दिन पाएका थिएनन् । समयअभावका बाबजुद शक्तिले कुशल मल्ल र सुशान भारी जस्ता उत्कृष्ट खेलाडी नेपाली क्रिकेटमा उत्पादन गरिसकेका छन् ।

सधैं हसिलो अनुहार, अनुशासीत, सामान्य जीवन शैली र कडा मिहिनेत शक्तिको पहिचान हो । उनी अहिले पनि ठ्याक्कै त्यस्तै शैलीमा प्रस्तुत हुन्छन् । भैरहवाको नियमित ४० डिग्री गर्मीको कुनै वास्ता नगरी नेपाललाई टेस्ट मान्यता दिलाउन सक्ने खुबी भएको खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ शक्तिको पहिचान हो । उनको सबैभन्दा ठूलो सपना नै नेपालले टेस्ट पाएको हेर्ने छ । कम्तिमा मर्नुअघि नेपालले टेस्ट खेलेको हेर्न चाहन्छन् ।

‘मेरो एउटा मिसन नै छ । मर्नु अघि नेपाल टेस्ट राष्ट्र भएको हेर्न पाउँ । साथीभाइहरु पनि तपाई यतिकै लागि राख्नु भएको छ भनेर मेरो कुरा विश्वास गर्दैनन् । म केहि समय अघि पोखरामा पनि गएको थिए । त्यहाँ पनि यहिँ कुरा हुँदा धेरैले पत्याएनन् । ठिकै छ नेपालले १५/२० वर्षपछि टेस्ट मान्यता नपाउँला । ३० वर्षपछि त पाउँछ नि ।’

‘मलाई त्यो समय हिँड्न गाह्रो होला रे । कसैले मलाई समातेर मैदानमा नेपालको टेस्ट खेल हेर्न लैजाला । मैदानमा पुगेर जव मैले त्यो अनुभव गर्छु नि । त्यो आनन्द नै फरक हुनेछ । मैले पोखरामा यहीँ जवाफ दिएको थिए’, उनले भने ।

शक्ति सन् २०१४ मा आफूले टि२० विश्वकप खेलेभन्दा पनि बढी खुसी नेपालले टेस्ट मान्यता प्राप्त गरे मिल्ने बताउँछन् । ‘पक्कैपनि सबै नेपाली खेलाडी र समर्थक छन् त्यो २०१४ को टि२० विश्वकप । राष्ट्रिय गान बजेको थियो । हामी मैदानमा छिर्यौ । जुन माहोल थियो करिअरको सबैभन्दा उत्कृष्ट क्षण थियो ।’

‘अब आफू त विश्वकप खेलिदैन । जव नेपालले टेस्ट खेल्दा मैले मैदानमा बसेर हेर्छु त्यो मेरो लागि विश्वकप भन्दा पनि उत्कृष्ट क्षण त्यो हुनेछ । त्यसैको लागि मैले यो सब प्रयास गरेको छु’, शक्तिले भने ।

शक्तिले अहिले टेस्ट मान्यता लक्ष्य सुनाउँदा धेरै मानिसले हाँसोमा उडाउँछन् । तर पनि शक्तिलाई एकदिन टेस्ट मान्यता पाउनेमा पूर्ण विश्वास छ । हाँसोमा उडाएकाे शक्तिले पहिलाे पटक देखेका हाेइनन् । नेपालले टि२० विश्वकप खेल्छ र ओडिआई मान्यता पाउँछ भन्दा शक्तिलाई पहिला यसैगरी मजाककाे पात्र बनाउँथे ।

एउटा देशलाई चाहिने खेलाडी उत्पादन गर्न के आवश्यक पर्छ शक्तिलाई राम्रोसँग थाहा छ । त्यसैले देवदहमा उनले आफैंले पिच निर्माण गरेर उमेर समूहको खेल खेलाउँदै आएका छन् । उनले आफ्नै कारमा हालेर खेलाडीलाई खेल खेलाउन मैदान सम्म लैजान्छन् ।

मैदानको काम पनि आफैं गर्छन् । पिच निर्माण होस् वा अन्य कुनै । सामान्य जीवनशैली र फिटनेश त शक्तिको सधैं उदाहरण थियो । नेपाली टोलीबाट खेल्दा पनि उनको फिटनेशलाई सबैले प्रसंसा गर्थे। त्यो समय फिटनेशमा ध्यान दिने नेपालमा कमै खेलाडी थिए । अहिले जस्तो फिटनेश पहिलो प्राथमिकतामा त्यति बेला थिएन ।

शक्तिले आफ्नो एकेडेमीबाट टिम बनाउँदै यू–१२ देखि यू–१९ सम्म उनले विभिन्न खेल खेलाएका हुन्छन् । लगातार फरक उमेर समूहको अभ्यास खेल र प्रतियोगिता खेलाइरहन्छन् । शक्तिलाई राम्रोसँग थाहा छ, खेलाडी बन्न एकेडेमीको जाली र इन्डोर भित्र सिकाएर मात्रै हुँदैन । यसले प्रतिभा भएको खेलाडी मात्रै माथि आउन सक्छ । राम्रोसँग खेलाडी उत्पादन गर्न एउटा आफ्नै मैदान हुन अनिवार्य छ ।

शक्तिले भैरहवामा आफ्नो स्वर्गीय बुबा खड्क प्रसाद गौचन मेमोरियल क्रिकेट यू–१६ प्रतियोगिता आयोजना गर्दै आएका छन् । दुई वर्षअघि उनले उक्त प्रतियोगिताको लागि लुम्बिनीका १२ जिल्लामा ट्यालेन्ट हन्ट आयोजना गर्दै नयाँ प्रतिभा खोज्ने काम गरेका थिए । क्रिकेट विकासको लागि सिनियर मात्रै नभएर जुनियरलाई पनि बिस्तारै व्यावसायिक वातावरण आवश्यक भएको उनी बताउँछन् ।

‘अब जुनियर क्रिकेटमा पनि व्यावसायिक हुनुपर्छ जस्तो लाग्छ । यू-१६ होस् वा यू-१९ प्रतियोगिता । कुशल मल्ल ६ महिना अघि पाकिस्तान जुनियर लिगमा खेलेपछि राम्रो कमाइ गरेको थियो । जुनियर क्रिकेट लिगमा राष्ट्रिय वा अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट भएमा खेलाडीलाई सामग्री किन्न र धेरै सेवा सुविधा पाउन सजिलो हुन्छ । परिवारले पनि आफ्नो खेलाडीले खेलेर केहि पाइदियोस् भन्ने आशा राख्छन् । नेपालमा संरचनाको कुरा गरौं भन्ने थुप्रै गर्न नै बाँकी छ’, उनले भने ।

कुशल शक्तिले उत्पादन गरेका हालसम्मका ठूला स्टार खेलाडी हुन् । आफूले तयार पारेको खेलाडीले नेपालबाट खेल्दा धेरै खुसी लाग्ने शक्ति बताउँछन् ।

‘धेरै नै खुसी लाग्छ । यो एकेडेमी मार्फत कुशल उच्च स्तरमा पुग्यो । त्यसअघि सुशान भारी थियो । जुनियरमा हामीले १५ देखि २० खेलाडी लिएका छौं । १५ वर्षअघि कुशल भन्दा बढी क्षमता भएका खेलाडी मेरो करिअरको कारण गुमाउनु पर्यो । मैले उनीहरुलाई पर्याप्त समय दिन सकिनँ । सायद मैले शत प्रतिशत समय दिन सकेको भए कुशल भन्दापनि उच्च स्तरको खेलाडी नेपालले पाउँथ्यो होला’, शक्तिले भने ।

कुशलको सफलता नै एउटा गुरुले पाउने उपलब्धि भएको शक्ति बताउँछन् । ‘कुशलले जुन ल्यान्डमार्क तयार पार्यो । एउटा गुरुले पाउने कुरा नै त्यही हो । गर्व महसुस हुन्छ । तर समग्रमा कुशलले गर्न अझै धेरै बाँकी छ । मैले कुशललाई सधैं भन्छु यतिमा रोकिने होइन । उच्चतम विन्दुमा पुग्न बाँकी नै छ’, उनले भने ।

शक्ति युवा खेलाडीलाई सोचेर आफूले सन्न्यास लिएको बताउँछन् । मैले कुशल लगायत अन्य खेलाडीलाई शत प्रतिशत समय दिन पाउँछु भनेर सन्न्यास लिने निर्णय लिएको थिए । यदि मैले सन्न्यास लिन्छु भने गएको १५ वर्षमा १ सय प्रतिशत दिन नपाउँदा धेरै युवा खेलाडी गुमाउनु परको थियो । त्यो अब हुन दिँदैन भनेर सन्न्यास लिएको थिए’, उनले भने ।

नेपालमा एकेडेमी सञ्चालन गर्न सहज छैन । शक्तिले आफ्नो करिअरको सबै कमाइ एकेडेमी निर्माण र संचालनमा खर्चिएका छन् । त्यसबाट आफूलाई खुसी मिल्ने बताउँछन् ।

अष्ट्रेलियामा बसोबास गर्दै आएका विनोद कुँवर र सुदीक्षा गौतमले तिलोत्तमा नगरपालिका-१७ नम्बर वडामा ४० करोड लगानीमा क्रिकेट मैदान बनाउँदै छन् । ब्रान्ड एम्बास्डर समेत रहेका शक्तिले एकेडेमी सञ्चानलन देखी सम्पूर्ण जिम्मेवारी पाएका छन् । एक्स्ट्राटेक एकेडेमीका लागि निर्माण कार्य सुरु भइसकेको छ ।

शक्ति भगवानले आफ्नो सपना पूरा गर्न लागेको बताउँछन् । ‘उदाहरणको लागि हामीले पढाउँछौं मात्रैं । परिक्षा लिने ठाउँ नै थिएन । एकेडेमीको लागि एउटा मैदान चाहिन्छ । एकेडेमीमा खेलेर मात्रै हुँदैन । एकेडेमी खेलेर एउटा प्रतिभा भएको खेलाडी मात्रै तयार हुने हो । त्यसैले मैदान अभाव खड्कीरहेको थियो । मैले सोचेको मैदान भगवानले पूरा गर्दिनु भयो । विनोदले मलाई विश्वास र भरोसा गर्नु भयो । यो मैदानमा खेलाडी खेलेर निखारिन पाएमा नेपाल राष्ट्रलाई टेस्टको मान्यता सम्म दिलाउनेछन्’, उनले भने ।

‘एक्स्ट्राटेकले एउटा जिम्मेवारी बढाएको छ । एकेडेमी आफ्नो ठाउँमा छदैछ । नेपाली क्रिकेटलाई नै ठूलो गन्तव्यमा पुर्याउन सक्ने मेरो लागि त्यो अवसर छ । खेलाडी बनाउन राम्रो मैदान चाहिन्छ । जवसम्म उच्च स्तरको टर्फ विकेट हुँदैन ।’

‘सेवा सुविधा हुँदैन भने अहिलेको अवस्थाले क्षमता भएको खेलाडी मात्रै बनाउन सक्छौं । उक्त एक्स्ट्राटेकले अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिनेछ । त्यहाँबाट धेरै भन्दा धेरै खेलाडी उत्पादन गर्न सक्छु’, शक्तिले एक्स्ट्राटेक ओभलबारे भने ।

दुई वर्षअघि शक्ति रुपन्देही जिल्ला क्रिकेट संघको चुनावमा उठ्दै हार्न पुगेका थिए । अब भने शक्ति चुनावमा आउने सोच पनि नभएको बताउँछन् । ‘मैले जुनियर क्रिकेट विकास र मैदान विकासको लागि त्यहाँ जाने निर्णय लिएको थिए । त्यहाँ एउटा अधिकार पाइन्छ । तर अव यी सबै एक्स्ट्राटेकबाट पूरा हुँदैछ । मेरो पूरा ध्यान नयाँ खेलाडी कसरी उत्पादन गर्ने भन्ने मै छ’, उनले भने ।

शक्ति नेपालका एक सर्वाधिक सफल खेलाडी मात्रै होइन प्रशिक्षक पनि बनि सकेका छन् । त्यसैले उनीलाई नेपाली क्रिकेट टोलीको बलिङ वा उमेर समूहको मुख्य प्रशिक्षक बनाउनु पर्ने माग समर्थक राख्छन् । तर हालसम्म त्यस्तो नसोचेको उनी बताउँछन् ।

‘प्रशिक्षकको जिम्मेवारीतिर मैले खासै ध्यान दिएको छैन । यहाँ त अहिले जिल्लाको प्रशिक्षकको पनि जिम्मेवारी आएको छैन । अहिले मेरो ध्यान आफ्नो एकेडेमी र एक्स्ट्राटेक ओभल मैदानले दिएको जिम्मेवारीमा केन्द्रित छु । आगमी दिनमा भयो भने बिचार गरौंला’, शक्तिले हाँस्दै भने ।

shakti gauchan

त्यसैमा उनले थपे, ‘जिल्लामा जतिपनि क्षमतावान् खेलाडी छन् । तिनीहरुलाई धेरै भन्दा धेरै समय दिन सकूँ । अहिलेको लक्ष्य त्यही छ ।’

ग्रासरुट क्रिकेटको अवस्था नेपालमा निकै दयनीय छ । सुरुवात नै एकेडेमीबाट हुन्छ । एक दुई एकेडेमीलाई छाड्ने हो भने अन्य कसैको पनि आफ्नो मैदान छैन । नेट र इन्डोरमा सिकेर मात्रै हुँदैन ।

त्यसैले अधिकांश युवा खेलाडी क्षमता अनुसार प्रदर्शन गर्न सक्दैनन् । उनीसँग अव देवदह र एक्स्ट्राटेक ओभलमा गरि दुई मैदान हुनेछन् । आफ्ना खेलाडीलाई लगातार म्याच खेलाउन र सिकाउन यी दुई मैदान उनको लागि पर्याप्त हुनेछ ।

शक्तिको प्रशिक्षण र निरन्तर अभ्यास खेलले आगमी दिनमा ड्रिम खेलाडी नेपाललाई दिन सक्छन् । अझ शक्तिले यू१२ देखि नै निरन्तर म्याच खेलाउन थालेका छन् । यू१९ सम्म आइपुग्दा उनले खेलाडीमा धेरै निखार ल्याउनेछन् ।

पहिला नेपाललाई जिताउन आफ्नो राम्रो प्रदर्शनको लागि दिन रात मिहिनेत गर्ने शक्ति अहिले टेस्ट मान्यता पूरा गर्न र जुनियर क्रिकेट राम्रो गर्न लागिपरेका छन् । कुनैपनि घर बलियो हुन जग बलियो हुनुपर्छ । शक्ति त्यहिँ जग बलियो बनाउन खटिएका छन् । अहिले देख्दा सामान्य देखिएपनि दीर्घकालिन रुपमा नेपाली क्रिकेटलाई ठूलो फाइदा पुग्नेछ ।

भलै शक्तिले नेपाली क्रिकेटबाट खेल्न छाडेका छन् । तर योगदान दिन भने छाडेका छैनन् । भूमिका मात्रै फरक छ । पहिला खेलाडी थिए । अहिले प्रशिक्षक । नेपाली क्रिकेट विकासमा उनी सदाबहार शक्ति कै रुपमा लागेका छन् ।

May 1, 2024

वेस्ट इन्डिज ‘ए’ लाई श्रृंखलामा अग्रता 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध जारी टि २० सिरिजको तेस्रो खेलमा जित निकाल्दै श्रृंखलामा अग्रता लिएको छ । पहिलो खेलमा हार बेहोरेको पाहुना टोलीले लगातार दुई खेल जित्दै पाँच खेलको श्रृंखलामा २-१ को अग्रता लिएको हो । बुधवार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गर्यो । वेस्ट […]

May 1, 2024

चार्ल्सको शतकमा नेपाललाई विशाल लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – ओपनर जोनसन चार्ल्सको शतकीय इनिङको मद्दतमा वेस्ट इन्डिज ‘ए’ ले जारी टि २० सिरिजको तेस्रो खेलमा नेपाल सामू विशाल लक्ष्य पेश गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो । चार्ल्सले अविजित रहँदै ६१ बलमा […]

May 1, 2024

नेपालले टस हार्यो, दीपेन्द्र कप्तानी गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको तेस्रो खेलमा नेपालले टस हारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले कप्तानी सम्हाल्दै छन् । नियमित कप्तान रोहितलाई आज विश्राम दिइएको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आज टोलीमा […]

Success

Thank you for your time.