default_image

2 years ago

July 29, 2023

सन्दीपको उत्कृष्ट बलिङमा सर्रेको सानदार जित

407 views

0 Bookmark

एजेन्सी – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि सर्रे जागुअर्सले ग्लोबल टि२० क्यानडामा मिसिसौगा प्यान्थर्समाथि ५५ रनको सानदार जित हात पारेको छ । दोस्रो जितका साथ सर्रे ५ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्यान्थर्स १७ ओभरमा मात्रै १ सय ९ रनमा अल आउट भयो । उसका लागि क्यामरन दीलपोर्टले २१ बलमा ४ छक्कासहित सर्वाधिक ३३ रन बनाए ।

उनी सन्दीपको बलमा प्रगत सिंहबाट क्याच आउट हुन पुगे । त्यस्तै श्रेयस मोवा ३१ बलमा ५ चौकासहित ३१, क्रिस गेल ३, आयन खान १४ र जेम्श निसम शून्यमा आउट भए । न्युजिल्यान्डका स्टार अलराउन्डर जेम्श निसम सन्दीपको बलमा विकेटकिपर लिटन दासबाट स्टमपिङ आउट भएका थिए ।

सन्दीपले जसकरण सिंहलाई एक रनमा एलेक्स हेल्सबाट क्याच आउट गराए । सन्दीपले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । स्पेन्सर जोनसनले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै म्याथ्यु फोर्डले २, आयन खान र अमर खलिदले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जतिन्दर सिंहले ४५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५७ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए ।

एलेक्स हेल्सले २१ बलमा ९ चौकासहित ३९ रनमा आउट भए । लिटन दासले ३० बलमा १ चौका र १ छक्कासहित २५ रन बनाए । प्यान्थर्सका जहुर खानले ४ ओभरमा ३६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।

उता दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले टोरान्टो नेशनलसँग शनिबार साँझ प्रतिस्पर्धा गर्नेछ । सन्दीपको टोलीले आज राती भ्यानकुभर नाइट्ससँग खेल्नेछ । सन्दीपले ४ खेलमा ७ विकेट लिई सकेका छन् । दीपेन्द्रले तीन खेलमा ७८ रन बनाउनुको साथै १ विकेट लिएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.