2 years ago
July 29, 2023
काठमाडौं (हाम्रा खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ग्लोबल टि२० क्यानडामा सर्रे जागुअर्सबाट तीनै खेलमा अवार्ड जितेका छन् । उत्कृष्ट बलिङ प्रदर्शन गरेका सन्दीपले सर्रेको दुई जित र एक हारमा गरि तीनै खेलमा समान ५ सय डलर (६६ हजार रुपैयाँ) पुरस्कार राशी भएको मोमेन्ट अफ अफ द म्याच अवार्ड जित्न सफल भएका हुन् ।

सन्दीपले शनिबार बिहान मिसिसौगा प्यान्थर्सविरुद्ध पनि उक्त अवार्ड जितेका हुन् । टोलीलाई ५५ रनको सानदार जित दिलाउन सन्दीपले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए ।
जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्यान्थर्स एक समय १२ ओभरमा ८८-३ को बलियो अवस्थामा थियो । १३ औं ओभरमा सन्दीपले दुई महत्वपूर्ण विकेट लिँदै खेलमा सानदार पूनरागमन गराएका थिए ।
सन्दीपले १३ औं ओभरको चौथो बलमा सर्वाधिक ३३ रन बनाएका क्यामरन दीलपोर्ट र एक बलपछि जेम्श निसमलाई स्टम्पिङ आउट गरेका थिए ।

एक समय ८८-३ को बलियो अवस्थामा रहेको प्यान्थर्स १ सय ९ रनमै अल आउट भएको थियो । यसअघि सन्दीपले टोरन्टो नेशनलविरुद्ध ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिँदै उक्त अवार्ड जितेका थिए ।
सन्दीपले मोन्टरिएलविरुद्ध पनि उक्त अवार्ड प्राप्त पाएका थिए । मोन्टरिएलविरुद्ध हारको बाबजुद सन्दीपले उक्त अवार्ड प्राप्त गरेका थिए । सर्रे ४ खेलमा २ मा जित, १ मा हार र १ खेल वर्षाको कारण रद्द हुन पुगेको थियो ।
नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले टोरान्टो नेशनलसँग शनिबार साँझ प्रतिस्पर्धा गर्नेछ । सन्दीपको टोलीले आज राती १ः ४५ मा भ्यानकुभर नाइट्ससँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]