default_image

2 years ago

July 29, 2023

स्मिथको अर्धशतकमा अष्ट्रेलियालाई अग्रता

204 views

0 Bookmark

एजेन्सी – प्रमुख ब्याटर स्टिभ स्मिथको अर्धशतकमा अष्ट्रेलियाले द एसेजको अन्तिम तथा पाँचौं टेस्ट खेलमा पहिलो इनिङमा सामान्य अग्रता लिएको छ । अष्ट्रेलिया पहिलो इनिङमा २ सय ९५ रनमा अल आउट भयो । पहिलो इनिङमा अष्ट्रेलियाले १२ रनको सामान्य अग्रता लिएको हो ।

अष्ट्रेलियाका स्टिभ स्मिथले १ सय २३ बलमा ६ चौकासहित सर्वाधिक ७१ रनको योगदान दिए । अन्य ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन् । ओपनर उस्मान खवाजा ४७, डेविड वार्नर २४, मार्नस लाबुसेन ९, एलेक्स केरी १० र मिचेल मार्श १६ रनमा आउट भए ।

इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक तीन विकेट लिए । स्टुअर्ट ब्रोड, मार्क वुड र जो रुटले समान दुई विकेट लिए ।


त्यसअघि द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड मात्रै ५४.४ ओभरमा २ सय ८३ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकले ९१ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ८५ रनको इनिङ खेलेका थिए ।

ओपनर ज्याक क्रली २२, बेन डकेट ४१, मोईन अली ३४, जो रुट ५, बेन स्टोक्स ३, जोनी बेयरस्टो ४, मार्क वुड २८ र क्रिस वोक्सले ३६ रनको योगदान दिए ।अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए ।

जोश हेजलवुड र टोड मर्फीले समान दुई विकेट लिए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया २–१ ले अघि हुँदै एशेज ट्रफी रक्षा गर्न सफल भई सकेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.