default_image

2 years ago

July 29, 2023

आयरल्यान्डलाई हराउँदै स्कटल्यान्डले जित्यो उपाधि

462 views

0 Bookmark

एजेन्सी – घरेलु टोली स्कटल्यान्डले आइसिसी टि२० विश्वकप युरोप क्षेत्र छनोटको अन्तिम खेलमा टेस्ट टोलीलाई ८ रनले हराउँदै उपाधि जितेको छ । विजेता स्कटल्यान्ड र उपविजेता आयरल्यान्डले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा स्थान बनाएका छन् ।

जितका लागि २ सय १४ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५ रन बनायो । आयरल्यान्डका तल्लोक्रमका ब्याटर मार्क आदिरले ३६ बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिएपनि टोलीलाई जिताउन एकल प्रदर्शन प्रदर्शन पर्याप्त रहेन ।

उनी बाहेक अन्य कुनैपनि आइरिस ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । एन्डी बालबर्नी ४, कप्तान पल स्टर्लिङ २१, लोर्कान टकर डक, ह्यारी टेक्टर १, कर्टिस क्याम्फर २८, निल रक २० र जर्ज डोकरेल १७ रनमा आउट भए ।

स्कटल्यान्डका तीव्र गतिका बलर ब्राड्ली करीले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । माइकल लिस्कले ३ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेनले ३५ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए ।
कप्तान रिची बेरिंग्टन २९ बलमा ३ चौका र ४ छक्कासहित ५४, जर्ज मुन्शे २०, म्याथ्यु क्रस ३० र माइकल लिस्क २१ रनमा आउट भए ।

आयरल्यान्डका ब्यारी म्याकार्थी र बेन ह्वाइटले समान दुई विकेट लिए । स्कटल्यान्ड ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा रह्यो । आयरल्यान्ड ६ खेलमा ९ अंकका साथ दोस्रो स्थानमा रहेर विश्वकपमा पुगेको हो ।

स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन प्लेयर अफ द टुनामेन्ट घोषित भए । उनले ५ खेलमा २ सय ४८ रन बनाएका थिए ।

प्रतियोगितामा आयरल्यान्ड, स्कटल्यान्ड, डेनमार्क, जमर्नी, जर्सी, इटाली र अष्ट्रिया थिए । नेपालले पनि आगमी नोभेम्बरमा एसिया कप विश्वकप छनोट आयोजना गर्नेछ ।

प्रतियोगितामा नेपाल, युएई, हङकङ, ओमान, बहराइन, सिंगापुर र एसिया क्षेत्र छनोट ए र बी बाट आउने दुई टोली हुनेछन् । एसिया विश्वकप छनोटबाट शीर्ष दुई टोली विश्वकपमा पुग्नेछन् ।

अव टि२० विश्वकप खेल्ने पाँच टोली टुङ्गो लाग्न बाँकी

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.