default_image

2 years ago

July 30, 2023

भारतमाथि वेस्टइन्डिजको सानदार जित

532 views

0 Bookmark

एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले दोस्रो ओडिआई खेलमा भारतमाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन खेलको ओडिआई सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३६.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा कप्तान शाई होप ८० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ६३ रनमा अविजित रहे । केसी कार्टी ६५ बलमा ४ चौकासहित ४८ रनमा नट आउट रहे ।

वेस्टइन्डिजलाई ओपनर ब्रेन्डन किंग र कायल मेयर्सले ८.२ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मेयर्स २८ बलमा ४ चौका र २ छक्कासहित ३६, किंग १५, एलिक आथानाज ६ र शिम्रन हेटमायर ९ रनमा आउट भए । भारतका शार्दुल ठाकुरले ८ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ४०.५ ओभरमा १ सय ८१ रनमा अल आउट भयो । प्रमुख दुई ब्याटर विराट कोहली र रोहित शर्मालाई विश्राम दिने भारतको निर्णय भारी पर्यो ।

भारतका ओपनर ईशान किशन ५५ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५५ रनमा आउट भए । शुभमन गिल ४९ बलमा ५ चौकासहित ३४ रनमा आउट भए । भारतलाई लिग र किशनले १६.५ ओभरमा ९० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

गिल स्पिनर गुडाकेश मोतीको बलमा ठूलो सट खेल्ने धुनमा लङअफमा अल्जारी जोशेफबाट क्याच आउट भए । त्यसपछि भने लगातार विकेट गुमाउन पुगेको थियो ।

लगत्तै अर्को बलमा ईशान किशन रोमारियो शेफर्डको बलमा प्वाइन्टमा क्याच आउट भए । शेफर्डको बाउन्सर बलमा अक्षर पटेल एज लागेर एक रनमा विकेटकिपर होपबाट क्याच आउट हुन पुगे ।

युवा तीव्र गतिका बलर जयडेन सिल्सको बलमा हार्दिक पान्ड्या मिडविकेटमा किंगबाट क्याच आउट भए । लगत्तै अर्को बलमा सन्जु स्यामसन ९ रनमा स्लिपमा क्याच आउट भएपछि भारत ९०-० बाट ११३-५ को दयनीय अवस्थामा पुगेको थियो ।

सूर्यकुमार यादव २४, रविन्द्र जडेजा १० र शार्दुल ठाकुर १६ रनमा आउट भए । वेस्टइन्डिजको जितमा रोमारियो शेफर्डले ८ ओभरमा १ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिए ।

गुडाकेश मोतीले ९.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । अल्जारी जोशेफले ७ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जयडेन सिल्स र यानिक कारियाहले समान एक विकेट लिए ।

पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । त्यसपछि यी दुई देशबीच पाँच टि२० आई खेलको सिरिज हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.