default_image

2 years ago

July 30, 2023

इंग्ल्यान्डको सानदार ब्याटिङ

250 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले आफ्नो दबदबा र आक्रामक ब्याटिङलाई निरन्तरता दिएपछि विश्व प्रतिष्ठित द एसेज सिरिजको पाँचौं तथा अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध बलियो योगफल बनाएको छ । इंग्ल्यान्ड तेस्रो दिनको खेल सकिँदा दोस्रो इनिङमा ८० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८९ रन बनाएको छ ।

क्रिजमा स्टुअर्ट ब्रोर्ड २ र जेम्श एन्डरसन ८ रनमा छन् । समग्रमा इंग्ल्यान्डले ३ सय ७७ रनको अग्रता लिएको छ । पहिलो इनिङमा इंग्ल्यान्ड मात्रै १२ रनले पछि परेको थियो ।

इंग्ल्यान्डका जो रुटले १ सय ६ बलमा ११ चौका र १ छक्कासहित ९१ रनको योगदान दिए । उनी स्पिनर टोड मर्फीको बलमा बोल्ड भएपछि शतक बनाउन ९ रनले चुकेका थिए ।

इंग्ल्यान्डले सुरुवात देखीनै सानदार प्रदर्शन गरेको थियो । ओपनर ज्याक क्रली ७६ बलमा ९ चौकासहित ७३ तथा बेन डकेट ५५ बलमा ७ चौकासहित ४२ रनमा आउट भए ।

बेन स्टोक्सले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ६७ बलमा ३ चौका र १ छक्कासहित ४२, ह्यारी ब्रुक ७, मोईन अली २९, क्रिस वोक्स १ र मार्क वुड ९ रनमा आउट भए ।

जोनी बेयरस्टोले १ सय ३ बलमा ११ चौकासहित ७८ रनको योगदान दिए । पाँचौं विकेटका लागि रुट र बेयरस्टोले १ सय १० रनको शतकीय साझेदारी गरेका थिए ।

अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक चार विकेट लिएका छन् । टोड मर्फी तीन, जोश हेजलवुड र प्याट कमिन्सले एक एक विकेट लिएका छन् ।

त्यसअघि अष्ट्रेलिया पहिलो इनिङमा २ सय ९५ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले १ सय २३ बलमा ६ चौकासहित सर्वाधिक ७१ रनको योगदान दिए । अन्य ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन् । ओपनर उस्मान खवाजा ४७, डेविड वार्नर २४, मार्नस लाबुसेन ९, एलेक्स केरी १० र मिचेल मार्श १६ रनमा आउट भए ।

इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक तीन विकेट लिएका थिए । स्टुअर्ट ब्रोड, मार्क वुड र जो रुटको नाममा समान दुई विकेट रह्यो ।

त्यसअघि द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड मात्रै ५४.४ ओभरमा २ सय ८३ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकले ९१ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ८५ रनको इनिङ खेलेका थिए ।

ओपनर ज्याक क्रली २२, बेन डकेट ४१, मोईन अली ३४, जो रुट ५, बेन स्टोक्स ३, जोनी बेयरस्टो ४, मार्क वुड २८ र क्रिस वोक्सले ३६ रनको योगदान दिए ।अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए ।

जोश हेजलवुड र टोड मर्फीले समान दुई विकेट लिएका थिए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया २–१ ले अघि हुँदै एशेज ट्रफी रक्षा गर्न सफल भई सकेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.