default_image

2 years ago

July 30, 2023

स्टुअर्ट ब्रोडद्धारा सन्न्यासको घोषणा

413 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका एक सर्वाधिक सफल तीव्र गतिका बलर स्टुअर्ट बोर्डले आफ्नो क्रिकेट करिअरबाट सन्न्यासको घोषणा गरेका छन् । अष्ट्रेलियाविरुद्ध घरेलु मैदान द ओभलमा जारी द एसेजको पाँचौं टेस्टको तेस्रो दिन बोर्डले सन्न्यास लिने निर्णय लिएका हुन् । उनले यसै खेलमार्फत सन्न्यास लिने जनाएका हुन् ।

बोर्ड विष्ट टेस्ट क्रिकेटका एक सर्वाधिक तीव्र गतिका बलर हुन् । सन् २००७ मा श्रीलंकाविरुद्ध कोलोम्बोमा टेस्टमा डेब्यू गरेका उनले १ सय ६६ खेलमा ६ सय विकेट लिनुको साथै ३ हजार ६ सय ४७ रन बनाएका छन् । उनी विश्व टेस्ट क्रिकेट इतिहासमै सर्वाधिक विकेट लिने पाँचौं बलर हुन् ।

तीव्र गतिका बलरमा उनी टेस्टमा विश्वकै दोस्रो सर्वाधिक विकेट लिने बलर हुन् । उनी अघि तीव्र गतिका बलरमा सर्वाधिक विकेट जेम्श एन्डरसनले ६ सय ९० विकेट लिएका छन् । श्रीलंकाका स्पिनर मथैया मुरलीधरन ८ सय, अष्ट्रेलिया स्वर्गिय शेन वार्न ७ सय ८ र भारतीय अनिल कुम्बले ६ सय १९ विकेट लिएका थिए ।

एन्डरसन र स्टुअर्ट ब्रोड इंग्ल्यान्डको एकदशक देखी पहिलो रोजाईको जोडीमा खेल्दै लगातार सानदार प्रदर्शन गरेका थिए । स्टुअर्ट ब्रोडलाई २००७ को टि२० विश्वकपमा भारतीय ब्याटर युवराज सिंहले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । तर उनले आफ्नो करिअर अन्त्य भने इतिहासमै सर्वाधिक टेस्ट विकेट लिने दोस्रो तीव्र गतिको बलरमा अन्त्य गरेका छन् ।

बोर्डले सन् २०१० मा पाकिस्तानविरुद्ध लड्समा नवौं नम्बरमा ब्याटिङ गर्दै पहिलो इनिङमा १ सय ६९ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

उनको यो कुनैपनि खेलको उत्कृष्ट ब्याटिङ हो । २०१० मा इंग्ल्यान्डले टि२० विश्वकप जित्दा बोर्ड टोलीका सदस्य थिए । टि२० आईमा उनले ५६ खेलमा ६५ विकेट लिएका छन् ।

२०१४ पछि उनी टि२० टोलीमा थिएनन् । बोर्डले १ सय २१ ओडिआई खेलमा १ सय ७८ विकेट लिएका छन् । २०१६ पछि उनी ओडिआई टोलीमा थिएनन् । २०१६ पछि उनी टेस्ट टोलीमा लगातार खेल्दै आएका थिए । ३७ वर्षीय बोर्डको पछिल्लो समय प्रदर्शन भने केहि खस्किएको छ ।

पाँचौं टेस्ट खेलमा इंग्ल्यान्ड दोस्रो इनिङमा ३८९–९ को अवस्थामा छ । बोर्ड २ र एन्डरसन ८ रनमा क्रिजमा छन् । समग्रमा इंग्ल्यान्डले ३ सय ७७ रनको अग्रता लिएको छ । पाँच खेलको टेस्टमा अष्ट्रेलिया २–१ ले अघि हुँदै एशेज ट्रफी जोगाउन सफल भएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.