2 years ago
July 30, 2023
एजेन्सी – बलियो विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेपछि इंग्ल्यान्डसँगको प्रतिष्ठित द एसेज सिरिजको पाँचौं तथा अन्तिम खेल रोचक मोडमा पुगेको छ ।

जितको लागि ३ सय ८४ रनको बलियो विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले चौथो दिनको खेल सकिँदा कुनै विकेट नगुमाई १ सय ३५ रन बनाएको छ । वर्षाको कारण अन्तिम ससेन चौथो दिन हुन सकेन । यसले अष्ट्रेलियालाई केहि असर गर्न सक्छ ।
पाँचौं दिन अष्ट्रेलियालाई खेल जित्न २ सय ४९ रन बनाउनु पर्ने हुन्छ । पाँचौं दिन ब्याटिङ गर्न कुनैपनि टोलीलाई सहज हुँदैन । तर विश्व च्याम्पियन अष्ट्रेलियाले त्यो सम्भावना बलियो बनाएकोछ । उत्कृष्ट बलिङ आक्रामण भएको इंग्ल्यान्डलाई खेल जित्न अन्तिम दिन १० विकेट लिनुपर्ने हुन्छ ।
पाँचौं दिन पहिलो सेसन दुबै टोलीको लागि महत्वपूर्ण हुनेछ । डेविड वार्नर ९९ बलमा ९ चौकासहित ५८ रनमा क्रिजमा छन् । अर्का ओपनर उस्मान खवाजा १ सय ३० बलमा ८ चौकासहित ६९ रनमा क्रिजमा छन् । पाँचौं दिन यी दुई ओपनरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
इंग्ल्यान्ड दोस्रो इनिङमा ३ सय ९५ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा खेलमा १२ रनले पछि हुँदा समग्रमा ३ सय ८३ रनको अग्रता लिएको थियो ।

इंग्ल्यान्डका जो रुटले १ सय ६ बलमा ११ चौका र १ छक्कासहित ९१ रनको योगदान दिए । उनी स्पिनर टोड मर्फीको बलमा बोल्ड भएपछि शतक बनाउन ९ रनले चुकेका थिए ।
इंग्ल्यान्डले सुरुवात देखीनै सानदार प्रदर्शन गरेको थियो । तर ठूलो इनिङमा परिणत गर्न भने इंग्लिस ब्याटरले सकेनन् । ओपनर ज्याक क्रली ७६ बलमा ९ चौकासहित ७३ तथा बेन डकेट ५५ बलमा ७ चौकासहित ४२ रनमा आउट भए ।
बेन स्टोक्सले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ६७ बलमा ३ चौका र १ छक्कासहित ४२, ह्यारी ब्रुक ७, मोईन अली २९, क्रिस वोक्स १ र मार्क वुड ९ रनमा आउट भए ।
जोनी बेयरस्टोले १ सय ३ बलमा ११ चौकासहित ७८ रनको योगदान दिए । पाँचौं विकेटका लागि रुट र बेयरस्टोले १ सय १० रनको शतकीय साझेदारी गरेका थिए । अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क र स्पिनर टोड मर्फीले समान ४(४ विकेट लिएका थिए ।
त्यसअघि अष्ट्रेलिया पहिलो इनिङमा २ सय ९५ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले १ सय २३ बलमा ६ चौकासहित सर्वाधिक ७१ रनको योगदान दिए । अन्य ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन् ।

इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक तीन विकेट लिएका थिए । स्टुअर्ट ब्रोड, मार्क वुड र जो रुटको नाममा समान दुई विकेट रह्यो ।
त्यसअघि द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड मात्रै ५४.४ ओभरमा २ सय ८३ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकले ९१ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ८५ रनको इनिङ खेलेका थिए ।
अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया २–१ ले अघि हुँदै एशेज ट्रफी रक्षा गर्न सफल भई सकेको छ । अष्ट्रेलिया पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४३ रनले विजयी भएको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड ३ विकेटले विजयी भएको थियो ।
चौथो खेल वर्षाको कारण बराबरीमा रोकिएको थियो । चौथो खेलमा इंग्ल्यान्डले पहिलो इनिङमै २ सय ७५ रनको विशाल अग्रता लिएपनि वर्षाको कारण चौथो र पाँचौं दिन लगातार वर्षाको कारण खेल हुन सकेको थिए । त्यसैको कारण एसेज जित्ने सपना अधुरो बनेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]