2 years ago
August 1, 2023
एजेन्सी – तीव्र गतिका बलर जस्प्रित बुमराहले भारतीय क्रिकेट टोलीमा कप्तानको जिम्मेवारी पाउँदै लामो समयपछि पूनरागमन गरेका छन् । वर्तमान विश्व क्रिकेटकै एक उत्कृष्ट बलर बुमराहले तीन सातापछि आयरल्यान्डसँग हुने तीन टि२० आई खेलको सिरिजमा भारतको कप्तानी गर्नेछन् ।

भारतले हार्दिक पान्ड्यासहित आफ्ना प्रमुख खेलाडीलाई विश्राम दिने निर्णय लिएको छ । बुमराह गतवर्ष सेप्टेम्बरमा अष्ट्रेलियासँग हैदराबादमा भएको टि२० आई खेलपछि बुमराह भारतीय टोलीमा छैनन् ।
चोटका कारण बाहिरिएका बुमराह नहुँदा बलिङ आक्रामणमा ठूलो असर पर्न गएको छ । भारतले एसिया कप, टि२० विश्वकप र आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनल गरि तीन ठुला प्रतियोगिता उनी विना नै खेलेको थियो ।
बुमराह योर्करका लागि चिनिन्छन् । उनको आगमनले भारतको बलिङ आक्रामण मजबुत हुनेछ । भारतले युवा ब्याटर ऋतुराज गायकवाडलाई उपकप्तानको जिम्मेवारी दिएको छ ।
भारतले युवा खेलाडीलाई यस सिरिजमा मौका दिएको छ । इन्डियन प्रिमियर लिग(आइपिएल)मा राम्रो प्रदर्शन गर्ने खेलाडीले अवसर पाएका छन् । भारतले पहिलो खेल १८ अगष्ट, दोस्रो खेल २० अगष्ट र तेस्रो खेल २३ अगष्टमा खेल्नेछ ।
भारतको टोली :
जस्प्रित बुमराह (कप्तान), ऋतुराज गायकवाड, यशस्वी जैसवाल, तिलक बर्मा, रिंकु सिंह, सन्जु स्यामसन (विकेटकिपर), जितेश शर्मा (विकेटकिपर), शिवम दुबे, वासिन्टन सुन्दर, शहबाज अहमद, रवि विश्रोई, प्रसिद्ध कृष्णा, अर्शदीप सिंह, मुकेश कुमार र आवेश खान ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]