2 years ago
August 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले अगष्ट र सेप्टेम्बरमा मलेसियामा हुने आइसिसी वुमन्स विश्वकप टि२० एसिया क्षेत्र छनोट खेल्ने २४ सदस्य नेपाली महिला टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

तीन युवा खेलाडी मनिषा चौधरी, स्नेहा महरा र पुजा महतो पहिलो पटक नेपाली टोलीको बन्द प्रशिक्षणमा परेका छन् । प्रतियोगिता मलेसियामा अगष्ट ३१ देखी ९ सेप्टेम्बर सम्म हुनेछ । नेपालले अनुभवी अलराउन्डर नेरी थापा, ब्याटर रोमा थापा र तीव्र गतिकी बलर सबनम राईलाई टोलीमा बोलाएको छ ।
प्रतियोगिताको समूह ए मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् । प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।
ग्लोबल महिला टि२० विश्वकपमा आयोजक श्रीलंका र आयल्यान्डसँगै पाँच क्षेत्रिय छनोटबाट आउने आठ टोली गरि कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीले बंगलादेशमा हुने विश्वकप खेल्न पाउनेछन् ।
२०२४ को महिला टि२० विश्वकप बंगलादेशमा हुनेछ । बंगलादेशमा हुने विश्वकपमा गतवर्ष दक्षिण अफ्रिकामा सम्पन्न महिला टि२० विश्वकपका शीर्ष ६ टोली दक्षिण अफ्रिका, अष्टेलिया, इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड र वेस्टइन्डिज सोझै छनोट भएका थिए।
पाकिस्तान वरियताको आधारमा विश्वकपमा पुगेको थियो । बंगलादेश आयोजक हुँदा स्वत छनोट भएको छ । आठ टोलीले विश्वकपमा स्थान बनाई सकेका छन् ।
बन्द प्रशिक्षणमा बोलाएको महिला टोली :
रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुवि पोदार, खुशी डंगोल, पुजा महतो, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, श्रृष्टि जैशी र स्नेहा महरा ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]