default_image

2 years ago

August 1, 2023

भारतलाई १७ वर्षपछि सिरिजमा हराउने सोचमा वेस्टइन्डिज

328 views

0 Bookmark

एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले अन्तिम तथा तेस्रो ओडिआई खेलमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७:१५ मा ब्रायन लारा क्रिकेट स्टेडियममा सुरु हुनेछ । तीन खेलको ओडिआई सिरिज १-१ को बराबरी अवस्थामा छ ।

पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा वेस्टइन्डिजले भारतलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा भारतले विराट कोहली र रोहित शर्मा दुबैलाई विश्राम दिएको थियो ।

भारतले तेस्रो तथा निर्णायक खेलमा कोहली र रोहित दुबैलाई मैदान उतार्नेछ । भारतले सन् २००६ यता वेस्टइन्डिजसँग कुनैपनि ओडिआई सिरिज हारेको छैन । भारत त्यो विरासतलाई निरन्तरता दिन चाहन्छ । तर घरेलु टोली वेस्टइन्डिज भारतलाई हराउँदै १७ वर्षपछि सिरिज जित्न चाहन्छ ।

पछिल्लो पटक वेस्टइन्डिजले भारतलाई २००६ मा घरेलु मैदानमै पाँच खेलको ओडिआई सिरिज ४-१ ले जितेको थियो । तर त्यसपछि १५ ओडिआई सिरिज खेल्दा भारतलाई हराउन सकेको छैन ।

त्यो समय पाँच खेलको सिरिज ४–१ ले जित्दा वेस्टइन्डिजको टोलीमा कप्तान ब्रायन लारा, क्रिस गेल, ड्वेन ब्राभो, ड्वेन स्मिथ र दीनेश रामदीन जस्ता खेलाडी छन् ।

वेस्टइन्डिजका कप्तान शाई होप प्रमुख ब्याटर हुन् । वर्तमान समयका वेस्टइन्डिजका सर्वाधिक भरपर्दा ब्याटर होपको उत्कृष्ट प्रदर्शन विना जित कठिन देखिन्छ ।

सुरुवाती दुई खेलमा उनले ४३ र ६३ रन बनाएका छन् । दुई युवा ब्याटर केसी कार्टी र एलिक एथानाज भारतलाई स्तब्ध पार्न सक्ने खेलाडी हुन् । कार्टी र एलिक वेस्टइन्डिजको भविष्यको रुपमा हेरिएको छ ।

वेस्टइन्डिजका ब्याटहरु स्पिनमा निरन्तर संघर्ष गर्दै आएका छन् । ओपनर कायल मेयर्स र ब्रेन्डन किंगबाट राम्रो सुरुवात चाहन्छ । दुई वर्षपछि वेस्टइन्डिजको टोलीमा फर्किएका शिम्रन हेटमायरको प्रदर्शन सुरुवाती दुई खेलमा राम्रो छैन । हेटमायरबाट निर्णायक खेलमा वेस्टइन्डिज उत्कृष्ट प्रदर्शन चाहन्छ ।

तीव्र गतिका बलर रोमारियो शेफर्ड र स्पिनर गुडाकेश मोटी प्रमुख बलर हुन् । यता भारतको ब्याटिङक्रम स्थिर छैन । उक्त समस्या भारतलाई भारी पर्नसक्छ । रोहित टोलीमा फर्किदा ईशान किशन र गिल मध्य एक खेलाडीलाई विश्राम दिनसक्छ ।
सूयकुमार यादवको ओडिआईमा चौथो नम्बरमा प्रदर्शन त्यति राम्रो छैन ।

त्यसैले भारत उनलाई छैटौं नम्बरमा फिनिसरको रुपमा खेलाउने तयारी गरेको छ । दुई स्पिनर कुलदीप यादव र रविन्द्र जडेजाको प्रदर्शन महत्वपूर्ण हुनेछ । दुई टेस्ट खेलको सिरिज भारतले १-० ले जितेको थियो । ओडिआई पछि भारत र वेस्टइन्डिजबीच पाँच टि२० आई खेलको सिरिज हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.