default_image

2 years ago

August 1, 2023

सन्दीप विकेट विहीन

350 views

0 Bookmark

एजेन्सी – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने ग्लोबल टि२० क्यानडामा सर्रे जागुअर्सबाट ब्राम्पटन वल्भ्सविरुद्ध विकेट विहीन बन्न पुगेका छन् । ब्राम्पटनले सरेलाई जितको लागि १ सय २९ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ब्राम्पटनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन बनायो । उसका लागि कोलिन डि ग्रान्डहोमले ३४ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाए । आरोन जोनसन, मार्क च्यापम्यान र नितेश कुमारले समान १४ रन जोडे ।

सन्दीपले ३ ओभरमा २५ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप यस सिजनमा वर्षाले प्रभावित नभएको खेलमा पहिलो पटक विकेट विहीन बनेका हुन् । आमर खालिदले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । आयन खानले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्डले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

यस्तो रह्यो सन्दीपको तीन ओभर

सन्दीपलाई सर्रेले १० औं ओभरमा बलिङमा ल्याएको थियो । त्यो समय ब्राम्पटन ५२-४ को दयनीय अवस्थामा थियो । सन्दीपले नितेश कुमार र कोलिन डि ग्रान्डहोमलाई सुरुवाती तीन बलमा एक एक रन दिएका थिए । चौथो बलमा दुई रन दिए । बाँकी दुई बल ग्रान्डहोमलाई डट राखेका थिए ।

१२ औं ओभरको सुरुवाती दुई बलमा ग्रान्डहोमले सन्दीपलाई लगातार दुई चौका प्रहार गरेका थिए । त्यसपछि भने सन्दीपले पूनरागमन गर्दै ४ बलमा चार रन दिएका थिए । सन्दीपले सुरुवाती दुई ओभरमा १६ रन खर्चिएका थिए ।

१६ औं ओभरमा सन्दीपले ९ रन खर्चिए । दोस्रो बलमा रिजवान चिमाले सन्दीपलाई छक्का हानेका थिए । त्यसपछि भने सन्दीपलाई बलिङ गर्न दिएको थिएन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.