default_image

2 years ago

August 2, 2023

सन्दीपको घातक बलिङ

2806 views

0 Bookmark

एजेन्सी – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने ग्लोबल टि२० क्यानडाबाट सर्रे जागुअर्सबाट मिसिसौगा प्यान्थर्सविरुद्ध घातक बलिङ गरेका छन् । सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिए ।


टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पान्थर्सले १४.३ओभरमा ५६ रनमाअल आउट भएको छ ।


यस्तो रह्यो सन्दीपको चार ओभर

सन्दीपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिँदै सानदार प्रदर्शन गरेका थिए । सन्दीपलाई सर्रेले आठौं ओभरमा ल्याएको थियो । सन्दीपले पहिलो बल जेम्श निसमलाई डट राखेका थिए ।

दोस्रो बलमा एक रन दिए । तेस्रो र चौथौ बलमा पाकिस्तानी युवा ब्याटर आजम खानलाई उनले डट राखेका थिए । पाँचौं बलमा सन्दीपले आजम खानलाई २ रनमा कप्तान इफ्तिखर अहमदबाट क्याच आउट गराए । लगत्तै अर्को बलमा नेदरल्यान्ड्सका स्टार ब्याटर टम कुपर शून्यमा एलबीडब्लू आउट भए ।

सन्दीपले १० औं ओभरमा मात्रै तीन रन दिए । पहिलो बल जेम्श निसमलाई एक रन दिएका थिए । त्यसपछि निखिल दत्तलाई लगातार चार बल डट राखेका थिए । अन्तिम बलमा दुई रन दिएका थिए ।

१२ औं ओभरमा सन्दीपले मात्रै एक रन दिए । सन्दीपले निखिल दत्तलाई सुरुवाती लगातार पाँच बल डट गरेका थिए । अन्तिम बलमा एक रन दिएका थिए । १४ औं ओभरको पहिलो बल निसमलाई डट र दोस्रो बलमा एक रन दिए ।

जहुर खानलाई तेस्रो बल डट राखे । चौथो बलमा जहुर खानलाई एलबीडब्लू आउट गरे । पाँचौं बल डट राख्दा अन्तिम बल लेग वाईको रुपमा चौका भएको थियो । सन्दीपले गरेका कुल २४ मध्य १९ बल डट राखेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.