2 years ago
August 2, 2023
एजेन्सी – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको अलौकिक प्रदर्शनमा सर्रे जागुअर्सले ग्लोबल टि२० क्यानडामा मिसिसौगा प्यान्थर्सलाई ८ विकेटले हराउँदै क्वालिफायरमा स्थान बनाएको छ । सर्रे शीर्षस्थानमा रहँदै क्वालिफायरमा स्थान पक्का गरेको हो ।

जितको लागि ५७ रनको झिनो विजयी लक्ष्य पछ्याएको सर्रेले ९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । सर्रेको जितमा मोहम्मद हरिस २३ बलमा ६ चौका र १ छक्कासहित ३७ रनमा अविजित रहे ।
प्यान्थर्सका लागि सेसिल परवेज र उस्मान कादिरले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पान्थर्स १४.३ ओभरमा ५६ रनमा अल आउट भएको थियो । सर्रेलाई तीव्र गतिका बलर आमर खालिद र म्याथ्यु फर्डले उत्कृष्ट सुरुवात दिलाएका थिए । आमरले ओपनर मिहिर पटेललाई शून्यमा कट एण्ड बोल्ड आउट गरे ।
फोर्डले श्रेयस मोभालाई १७ रनमा बोल्ड आउट गरे । श्रेयस १७ र निखिल दत्तले १० रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । फोर्डले क्यामरन दीलपोर्टलाई ४ रनमा बोल्ड आउट गरे ।
मध्यक्रमका ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । आयन खानले कप्तान शोएब खानलाई ५ रनमा विकेटकिपर लिटन दासबाट स्टम्पिङ आउट गरे ।
सन्दीपले आठौं ओभरको पाँचौं बलमा आजम खानलाई २ र टम कुपरलाई शून्यमा आउट गरेपछि प्यान्थर्स ८ ओभरमै ३४-६ को दयनीय अवस्थामा पुगेको थियो । एक समय प्यान्थर्स ५.३ ओभरमा ३०-२ को अवस्थामा थियो ।
सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिए । कप्तान इफ्तिखर अहमदले ३.३ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फोर्डले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । आमर खालिद र आयन खानले एक एक विकेट लिए ।
सर्रे ७ खेलमा ४ मा जित, १ मा हार र २ खेलमा अंक बाँड्दै १० अंकका साथ शीर्षस्थानमा रहेको हो । सर्रेले पहिलो क्वालिफायर शुक्रबार साँझ दोस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ ।
दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स ७ खेलमा ४ मा जित र २ मा हारसहित ९ अंकका साथ दोस्रो स्थानमा छ । आज राती टोरोन्टो नेशनल र भ्यानकुभेर नाइट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
उक्त खेलमा नाइट्स विजयी भएमा सर्रेसँग पहिलो क्वालिफायर खेल्नेछ । यदि नाइट्स पराजित भएमा सर्रे र मोन्टरिएलबीच प्रतिस्पर्धा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]