default_image

12 months ago

August 2, 2023

जन्मदिनमा सन्दीपलाई प्लेयर अफ द म्याच अवार्ड

657 views

0 Bookmark

एजेन्सी – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आफ्नो २३ औं जन्मदिनमा ग्लोबल टि२० क्यानडामा प्लेयर अफ द म्याच अवार्ड जितेका छन् । सर्रे जागुअर्सलाई मिसिसौगा प्यान्थर्सविरुद्ध ८ विकेटको सहज जित दिलाउन सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिएका थिए ।

जारी सिजनमा सन्दीपले चौथो पटक अवार्ड जितेका हुन् । सन्दीपले प्लेयर अफ द म्याच अवार्ड वापत १ हजार डलर (१ लाख ३२ हजार नेपाली रुपैयाँ) पाउनेछन् ।

सन्दीपले यस अघि तीन खेलमा ५ सय डलर (६६ हजार नेपाली रुपैयाँ) पुरस्कार राशी भएको मोमेन्ट अफ द म्याच अवार्ड जितेका थिए ।

सन्दीपले उक्त अवार्ड मिसिसौगा प्यान्थर्स, मोन्टरिएल टाइगर्स र टोरोन्टो नेशनलविरुद्ध मोमेन्ट अफ द म्याच अवार्ड जितेका थिए । मोन्टरिएलविरुद्ध हारका बाबजुद उक्त अवार्ड पाएका थिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पान्थर्सले १४.३ओभरमा ५६ रनमाअल आउट भएको थियो । उक्त लक्ष्य सर्रेले ९ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । सर्रेको जितमा मोहम्मद हरिस २३ बलमा ६ चौका र १ छक्कासहित ३७ रनमा अविजित रहे ।

यस्तो थियो सन्दीपले प्लेयर अफ द म्याच अवार्ड पाउने बलिङ

सन्दीपलाई सर्रेले आठौं ओभरमा ल्याएको थियो । सन्दीपले पहिलो बल जेम्श निसमलाई डट राखेका थिए । दोस्रो बलमा एक रन दिए । तेस्रो र चौथौ बलमा पाकिस्तानी युवा ब्याटर आजम खानलाई उनले डट राखेका थिए ।

पाँचौं बलमा सन्दीपले आजम खानलाई २ रनमा कप्तान इफ्तिखर अहमदबाट क्याच आउट गराए । लगत्तै अर्को बलमा नेदरल्यान्ड्सका स्टार ब्याटर टम कुपर शून्यमा एलबीडब्लू आउट भए । पहिलो ओभरमै सन्दीपले मात्रै एक रन दिएर दुई महत्वपूर्ण विकेट लिएका थिए ।

सन्दीपले १० औं ओभरमा मात्रै तीन रन दिए । पहिलो बल जेम्श निसमलाई एक रन दिएका थिए । त्यसपछि निखिल दत्तलाई लगातार चार बल डट राखेका थिए । अन्तिम बलमा दुई रन दिएका थिए ।

१२ औं ओभरमा सन्दीपले मात्रै एक रन दिए । सन्दीपले निखिल दत्तलाई सुरुवाती लगातार पाँच बल डट गरेका थिए । अन्तिम बलमा एक रन दिएका थिए । १४ औं ओभरको पहिलो बल निसमलाई डट र दोस्रो बलमा एक रन दिए ।

जहुर खानलाई तेस्रो बल डट राखे । चौथो बलमा जहुर खानलाई एलबीडब्लू आउट गरे । पाँचौं बल डट राख्दा अन्तिम बल लेग वाईको रुपमा चौका भएको थियो । सन्दीपले गरेका कुल २४ मध्य १९ बल डट राखेका थिए ।

July 23, 2024

भारतविरुद्ध फराकिलो हारसँगै नेपाल एशिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – भारत विरुद्ध फराकिलो हार बेहोर्दै नेपाल एसिसि एशिया कप २०२४ बाट बाहिरिएको छ । भारत विरुद्ध ८२ रनले पराजित भएसँगै नेपाल एशिया कपबाट औपचारिक रूपमा बाहिरिएको हो । १ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता […]

July 23, 2024

नेपाललाई भारतविरुद्ध विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध विशाल लक्ष्य पाएको छ । नेपालले भारत विरुद्ध १ सय ७९ रनको लक्ष्य पाएको हो । दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको हो । भारतका लागि […]

July 23, 2024

नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी महिला एशिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने भएको छ । श्रीलंका स्थित दाम्बुला स्टेडियममा भारतका लागि आज कप्तानी गरिरहेकी स्मृति मान्धनाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हुन् । नेपालले पाकिस्तान विरुद्ध हार बेहोरेको टोलीमा दुई परिवर्तन गरेको छ । रोमा थापा र […]

Success

Thank you for your time.