default_image

2 years ago

August 3, 2023

राहुल र ऐरले एसिया कप पनि खेल्न नसक्ने

884 views

0 Bookmark

एजेन्सी – भारतका दुई प्रमुख मध्यक्रमका ब्याटर लोकेश राहुल र श्रेयस ऐरले एक महिनापछि श्रीलंका र पाकिस्तानमा हुने एसिया कप पनि खेल्न नसक्ने बुझिएको छ । चोटका कारण पछिल्लो समय टोली देखी बाहिर भएका राहुल र ऐर एसिया कपमा फिट नहुने बुझिएको छ ।

एसिया कप आगमी अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।

यी दुई ब्याटर आगमी विश्वकपको लागि तयार हुने अनुमान गरिएको छ । सेप्टेम्बरमा अष्ट्रेलियासँग हुने तीन ओडिआई खेलको सिरिजबाट टोलीमा पूनरागमन गर्ने अनुमान गरिएको छ ।

भारतले एसिया कपमा आफ्नो पहिलो रोजाईका तीव्र गतिका बलर मोहम्मद शिराज, मोहम्मद शामी र जस्प्रित बुमराहलाई पठाउनेछ । यी तीन तीव्र गतिका बलरको भारतीय टोलीमा पूनरागमन हुनेछ ।

भारतले एसिया कपको अन्तिम तयारी अगष्ट २४ देखी २९ सम्म बेंगलोरमा गर्नेछ । ब्याटिङक्रम भने भारतको केहि अस्थिर भएको छ । वेस्टइन्डिजसँगको सिरिजमा ईशान किशन र शुभमन गिलले ओपनिङ गरेका थिए । किशन प्लेयर अफ द सिरिज चुनिएका थिए । रोहित टोलीमा फर्किदा ईशान र गिल मध्य एक ब्याटरले मध्यक्रममा खेल्नुपर्ने हुन्छ ।


भारतले एसिया कपको टोली यसै साता घोषणा गर्ने सम्भावना छ । भारतले सबै खेल श्रीलंकामा खेल्नेछ । भारतले पहिलो खेल अगष्ट २ मा पाकिस्तान र दोस्रो खेल अगष्ट ४ मा नेपालसँग खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् । यो आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप अघि एसियाका टोलीको लागि विशेष तयारी समेत हो

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.