2 years ago
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले कुनैपनि खेलाडी एकै महिनामा वर्तमान समयका विश्वका दुई ब्याटर विराट कोहली र बाबर आजम नबन्ने बताएका छन् । एसिसी इमर्जिङ टिम्स एसिया कप र एसिया कपको दुई साता तयारी गरेर श्रीलंकाबाट बिहीबार स्वदेश फर्किएपछि रोहितले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘एक महिनामा केहि पनि परिवर्तन हुँदैन । एक महिनामा कोही पनि विराट कोहली र बाबर आजम बन्दैन । त्यसको लागि विस्तारै समय लाग्छ । भनिन्छ नि जित्दा खेरी मात्तिनु हुँदैन । हार्दा आत्तिनु हुँदैन । यति बेला सबैले धैर्यता राख्न सक्नुपर्छ’, रोहितले भने ।
रोहित टेस्ट र एसोसिएट टोलीको स्तर फरक हुने बताएका छन् । ‘नेपालमा हामीले खेल्दा स्तर एसोसिएट क्रिकेट र टेस्ट टोलीमा फरक भईहाल्छ । त्यो हामीले बुझ्नुपर्ने कुरा हो । एसोसिएटमा हामी यहाँ खेल्दा सबै जित्छौं भने यो होईन की टेस्टमा जादा पनि सबै खेल जित्छौं । विशेषत अफगानिस्तानलाई हेरे हुन्छ । उनीहरु पनि सुरुसुरुमा विस्तारै सुधार गर्दै गएका थिए’, रोहितले भने ।
त्यसैमा रोहितले थपे, ‘हामी एकै पटक जादा बितिक्कै सबै टिमलाई जित्छौं भन्ने आशा गछौं । त्यो साँच्चै हुदैन जस्तो लाग्छ । किनभने अफगानिस्तान र इंग्ल्यान्डको खेल हुँदा मान्छेहरु इंग्ल्यान्डले नै जित्छ भन्छन् । अफगानिस्तानले विस्तारै सुधार गर्दै गएको छ । अनि विस्तारै विस्तारै परिवर्तन हुन्छ । एक सिरिज र महिनामा परिवर्तन हुन्छ भन्ने हुँदैन । हामी सुधार गरि राखेका छौं ।’
नेपाली क्रिकेट टोली दिउँसो १२ : ३० मा नेपाल आएको थियो । इमर्जिङ कपमा नेपाल भारत ए सँग ९ विकेट र पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।
युएई एलाई ३ विकेटले हराएको थियो । नेपालले अव अगष्ट ३० देखी १७ सेप्टेम्बर सम्म पाकिस्तान र श्रीलंकामा हुने एसिया कप खेल्नेछ । नेपाल समूह ए मा भारत र पाकिस्तानसँगै छ । नेपालले अगष्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]