2 years ago
August 3, 2023
एजेन्सी – वेस्टइन्डिजले पहिलो टि२० आई खेलमा भारतलाई १ सय ५० रनको मध्यम लक्ष्य दिएको छ। ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनायो ।

वेस्टइन्डिजका कप्तान रोभम्यान पावेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४८ रनको योगदान दिए । वेस्टइन्डिजको शीर्षक्रमका ब्याटरले पुन स्पिनर सामु संघर्ष गर्दै कमजोर प्रदर्शन गरेका थिए ।
ओपनर कायल मेयर्सलाई स्पिनर युजभेन्द्र चहलले १ रनमा एलबीडब्लू आउट गरे । उनले ७ बल खेलेका थिए । पहिलो विकेटका लागि मेयर्स र ब्रेन्डन किंगले ४.१ ओभरमा २९ रनको साझेदारी गरेका थिए ।
चहलले पाँचौं ओभरमा दुबै ओपनरलाई एलबीडब्लू आउट गरेका थिए । मेयर्स आउट भएको एक बलपछि किंग २८ रनमा आउट भए । उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
स्पिनर कुलदीप यादवको बलमा जोनसन चाल्र्स ३ रनमा तिलक बर्माबाट क्याच आउट भए । निकोलस पुरन ३४ बलमा २ चौका र २ छक्कासहित ४१ रनमा क्याच आउट भए । पुरन कप्तान हार्दिक पान्ड्याको बलमा बर्माबाट क्याच आउट भएका थिए ।
रोमारियो शेफर्ड ४ र जेसन होल्डर ६ रनमा अविजित रहे । शिम्रन हेटमायर १२ बलमा १ चौकासहित १० रनमा आउट भए ।
भारतका युजभेन्द्र चहलले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । हार्दिक र कुलदीप यादवले समान एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]