default_image

2 years ago

August 4, 2023

भारतमाथि वेस्टइन्डिजको नाटकीय पूनरागमन जित

8115 views

0 Bookmark

एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले पहिलो टि२० आई खेलमा भारतमाथि चार रनको नाटकीय जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा वेस्टइन्डिजले १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ५० रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाउन सक्यो । भारतका लागि डेब्यू खेल खेलेका बायाँ हाते ब्याटर तिलक बर्माले २२ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ३९ रन बनाए ।

भारतलाई जितको लागि अन्तिम ओभरमा १० रन चाहिँएको थियो । त्यसअघि १२ बलमा २१ रन चाहिँदा ओबेद म्याकोयले दुई चौकासहित कुल ११ रन खर्चिएका थिए । अर्शदीप सिंहले तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै भारतलाई जितको सम्भावना देखाएका थिए ।

रोमारियोले अन्तिम ओभरको पहिलो बलमै कुलदीप यादवलाई योर्कर बलमा ३ रनमा बोल्ड आउट गरे । युजभेन्द्र चहलले दोस्रो बलमा एक रन बटुले । तेस्रो बलमा अर्शदीपले दुई रन बटुले । अन्तिम तीन बलमा जितको लागि ७ र सुपर ओभरमा लैजान ६ रन चाहिँएको थियो ।

चौथो बलमा अफ साइडको बलमा डट राखे । पाँचौं बलमा दुई रन लिनेक्रममा अर्शदीप रन आउट भएपछि जितको सम्भावना लगभग सकिएको थियो । अन्तिम बल योर्करका साथ जित पक्का गराए ।

वेस्टइन्डिजको लागि १६ औं ओभर जितको टर्निङ प्वाइन्टको आधार बनेको थियो । भारतलाई जितको लागि अन्तिम ३० बलमा मात्रै ३७ रन चाहिँएको थियो । भारतको हातमा ६ विकेट थियो ।

जेसन होल्डरले १६ औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्यालाई १९ रनमा बोल्ड आउट गरे । पान्ड्याले १९ बलमा ३ चौका प्रहार गरे । एक बल पछि कायल मेयर्सले डाइरेक्ट हिटमा सन्जु स्यामसनलाई १२ रनमा रन आउट गरेपछि खेलले नयाँ मोड लिएको थियो ।

ओपनर शुभमन गिललाई तेस्रो ओभरको दोस्रो बलमै स्पिनर अकिल हुसैनले ३ रनमा स्टम्पिङ आउट गराएका थिए । ओबेद म्याककोयले ईशान किशनलाई ६ रनमा क्याच आउट गराए । जेसन होल्डरको बलमा शिम्रन हेटमायरले एक उत्कृष्ट क्याच लिएपछि सूर्यकुमार यादव २१ बलमा २ चौका र १ छक्कासहित २१ रनमा पेभेलिएन फर्केका थिए ।

वेस्टइन्डिजको जितमा रोमारियो शेफर्डले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । ओबेद म्याककोयले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । अकिल हुसैनले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । अन्तिम तीन ओभरमा मात्रै २१ रन मात्रै बनाएपछि विशाल योगफल बनाउन चुकेको थियो ।

वेस्टइन्डिजका कप्तान रोभम्यान पावेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४८ रनको योगदान दिए । ओपनर कायल मेयर्सलाई स्पिनर युजभेन्द्र चहलले १ रनमा एलबीडब्लू आउट गरे । उनले ७ बल खेलेका थिए । पहिलो विकेटका लागि मेयर्स र ब्रेन्डन किंगले ४.१ ओभरमा २९ रनको साझेदारी गरेका थिए ।

चहलले पाँचौं ओभरमा दुबै ओपनरलाई एलबीडब्लू आउट गरेका थिए । मेयर्स आउट भएको एक बलपछि किंग २८ रनमा आउट भए । उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

स्पिनर कुलदीप यादवको बलमा जोनसन चाल्र्स ३ रनमा तिलक बर्माबाट क्याच आउट भए । वेस्टइन्डिजका ब्याटरको लागि स्पिनर पुन घातक बनेका थिए । स्पिन सामु राम्रो खेल्न नसक्नु वेस्टइन्डिजको ठूलो कमजोरीको रुपमा रहेको छ ।

निकोलस पुरन ३४ बलमा २ चौका र २ छक्कासहित ४१ रनमा क्याच आउट भए । पुरन कप्तान हार्दिक पान्ड्याको बलमा बर्माबाट क्याच आउट भएका थिए । शिम्रन हेटमायर १२ बलमा १ चौकासहित १० रनमा आउट भए । एक वर्षपछि टोलीमा फर्किएका हेटमायरले तीन ओडिआई खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

भारतका युजभेन्द्र चहलले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । हार्दिक र कुलदीप यादवले समान एक एक विकेट लिए ।

पाँच टि२० आई खेलको सिरिजमा दोस्रो खेल आइतबार, तेस्रो मंगलबार, शनिबार र आइतबार हुनेछ । तीन ओडिआई खेलको सिरिज भारतले २(१ ले जितेको थियो । दुई टेस्ट खेलको सिरिज १-० ले जितेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.