2 years ago
August 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा एक सफल ब्याटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषण गरेका छन् । ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।

ज्ञानेन्द्रले आजको दिन देखिनै लागू हुने गरि सन्न्यास लिएका छन् । ज्ञानेन्द्रले सबै क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । घरेलु क्रिकेट पनि नखेल्ने जनाएका छन् । सन् २००६ देखी नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रको लागि अन्तिम खेल २०२३ जुलाई ४ मा आयरल्यान्डविरुद्ध खेले ।
नेपाली क्रिकेट इतिहासका एक सफल टक्निकल ब्याटर ज्ञानेन्द्रले नेपालबाट ३७ ओडिआईमा ७ अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन् ।
उनले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडआई खेलमा डेब्यू गर्दै ५१ रन बनाएका थिए । ओडिआईमा ज्ञानेन्द्र अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर हुन् । ज्ञानेन्द्रले ४५ टि२० आईमा नेपालबाट १ शतक र २ अर्धशतकसहित कुल ८ सय ८३ रन बनाएका थिए ।
नेपालबाट टि२० आईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । उनले २० बलमै २०१९ मा मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । उनी अघि बिनोद भन्डारीले २५ बलमा अर्धशतक पूरा गरेका थिए ।
उनले १३ औं सागमा २०१९ मा भुटानविरुद्ध १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए । ज्ञानेन्द्र पछिल्लो समय टोलीमा कम मौका पाउँदै आएका थिए । गत फागुनमा उनको स्थानमा भीम सार्कीले राम्रो प्रदर्शन गरेपछि टोलीमा कम अवसर पाएका थिए । लगातार कमजोर प्रदर्शनपछि ज्ञानेन्द्रले सन्न्यास लिने निर्णय लिएका हुन् ।

पूर्वकप्तान पारस खड्काले सन्न्यासको लिएको दुई वर्ष अर्कोदिन ज्ञानेन्द्रले पनि नेपाली क्रिकेट टोलीबाट विश्राम लिने निर्णय लिएका हुन् । पारसले कप्तानी छाडेपछि ज्ञानेन्द्रले २०१९ देखी २०२१ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गरेका थिए ।
ज्ञानेन्द्रले १२ टि२० आईमा कप्तानी गर्दा ९ मा जित र ३ खेलमा हार ब्यहोर्न पुगेका थिए । १० ओडिआई खेलमा कप्तानी गर्दा ६ मा जित र ४ मा हार थियो । ज्ञानेन्द्रले सन् २०१२ मा एसिसी ट्रफी इलिटमा साउदी अरेवियाविरुद्ध एकै ओभरमा लगातार ६ चौका प्रहार गरेका थिए ।
२०१४ को डिभिजन थ्रीमा उनले सिंगापुरविरुद्ध १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए । २०१९ को १३ औं सागमा ज्ञानेन्द्र प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिएका थिए । नेपालले डिभिजन फाइभदेखी थ्री, २०१४ मा टि२० विश्वकप खेल्दा र २०१८ मा ओडिआई मान्यता पाउँदा ज्ञानेन्द्र टोलीका महत्वपूर्ण सदस्य थिए ।

ज्ञानेन्द्र नेपाली क्रिकेटले पाएको एक उत्कृष्ट टेक्निकल ब्याटरको रुपमा चिनिन्छन् । नेपाली क्रिकेट इतिहासकै एक उत्कृष्ट ब्याटर समेत हुन् । २०१७ पछि ज्ञानेन्द्रको ब्याटिङक्रम अस्थिर बनेको थियो । ओपनिङ, शीर्ष र मध्यक्रम लगातार फेरबदल भई रहँदा प्रदर्शनमा पनि हुन सकेको थिएनन । ज्ञानेन्द्रले नेपालबाट यु१९ विश्वकप २००६ र २००८ मा खेलेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]