default_image

2 years ago

August 5, 2023

सन्दीप सम्मिलित सर्रे फाइनलमा

6913 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टि२० क्यानडा २०२३ को फाइनलमा पुगेकोछ । पहिलो क्वालिफायरमा सर्रेले भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

जितको लागि १ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको नाइट्स १६.४ ओभरमा १ सय १ रनमा अल आउट भयो । नाइट्सका लागि फबिएन एलेनले २० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रनको योगदान दिए । मोहम्मद रिजवान ४ र नाजिबउल्लाह जद्रान १५ रनमा आउट भए ।

सर्रेका लागि तीव्र गतिका बलर म्याथ्यु फोर्डले २.४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । सन्दीपले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । सर्रेका लागि कप्तान इफ्तिखर अहमदले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । मोहम्मद हरिस २०, जतिन्दर सिंह १५, लिटन दास १६ र आयन खानले २९ रन बनाए ।

नाइट्सका लागि तीव्र गतिका बलर जुनैद सिद्दिकले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । रुबेन ट्रम्पलम्यान र कार्तिक मयाप्पनले समान एक विकेट लिए ।

फाइनल खेल आइतबार हुनेछ । दोस्रो क्वालिफायरमा दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्स र नाइट्सबीच आज राती प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले उपाधिको लागि सर्रेसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.